२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना भाइरस संक्रमित विरामी व्यस्थापनको निम्ति नेपाल पनि तयार

कोरोना भाइरस संक्रमित विरामी व्यस्थापनको निम्ति नेपाल पनि तयार


काठमाडौँ – कोरोना भाइरस विरामी व्यवस्थापनको निम्ति नेपाल पनि तयार रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरी आफु तयार रहेको बताएको हो।

गत माघ १०, ११ र १२ मा सरोकारवाला निकायसँग लगातार बसेको बैठकबाट कोरोना भाइरस सम्बन्धि प्रतिक्रिया तथा विरामी व्यवस्थापनको निम्ति तयारी गरेको मन्त्रालयले प्रेस विज्ञप्ती मार्फत जनाएको छ। जनस्वास्थ्यलाई लक्षित गर्दै उक्त बैठकले काठमाडौं उपत्यका, लुम्बिनी, चितवन र पोखरा लगायतका विभिन्न अस्पतालहरुमा हेल्प डेस्कको स्थापना गर्दै आइसोलेसन बेडको व्यवस्था देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा बाह्य क्षेत्रबाट आएका सबै पर्यटक तथा यात्रुहरुलाई आवश्यक निगरानीका लागि २४ सै घण्टा उपकरण तथा चिकित्सक खटाइएको समेत् विज्ञप्तिमा उल्लेख गरेको छ।

पछिल्लो समय सबैको ध्यानाकार्षण गराई आम जनचासोको विषय बनेको उक्त नोभेल कोरोनो भाइरसबाट जोगिनको निम्ति प्रत्येक आम नागरिकलाई आफु स्वयम् नै सजग रहदै प्रभावित क्षेत्रबाट आवात-जावत गर्दा पनि विशेष ध्यान पु¥याउन समेत् मन्त्रालयले विशेष आग्रह गरेको छ ।

प्रभावित क्षेत्रमा रहेका नेपाली विद्यार्थी तथा नागरिकको बारेमा आवश्यक जानकारी त्यहाँ रहेको सम्बन्धित निकायहरुबाट प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ । यस अघि देखिएका विभिन्न भाइरस भन्दा छुट्टै नयाँ प्रजातिको भाइरस रहेको नोभेला भाइरस चीनको हुवान शहरमा पहिलो-पटक मानव जातिमा देखिएको थियो । छिमेकी राष्ट्र हुँदै भित्रिएको उक्त भाइरसको संक्रमण नेपालमा पनि एक जनामा देखिएको पुष्टि भइसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ