२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारके गर्दैछन् काेराेनाकाे उपचारका लागि सरकारले तयारी रहन भनिएका अस्पताल ?

के गर्दैछन् काेराेनाकाे उपचारका लागि सरकारले तयारी रहन भनिएका अस्पताल ?


काठमाडौं—सरकारले कोरोना भाइरस फैलिएमा उपचार गर्न पाँच अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पताल, सिभिल अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई कोरोना भाइरसको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

टेकु अस्पतालले ६ बेडको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ ।

वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले भने मन्त्रालयको निर्देशनलाई अस्पतालले फ्लो गरिरहेको बताए । उनका अनुसार, हालसम्म अस्पतालमा आइसोलेसन वार्डको छुट्टै व्यवस्था नभएतापनि अकस्मात बिरामी आएको खण्डमा भने सबै बिरामीको पहुँच नभएको बिरामी वार्डलाई खाली गरार्ई अस्पतालले कोरोना भाइरसको बिरामीको उपचारको निम्ति व्यवस्था मिलाउन प्रबन्ध गरेको छ ।

यस्तै सिभिल अस्पतालले मन्त्रालयले दिएको निर्देशनलाई पालन गर्दै सम्पूर्ण तयारी गरिसकेको अस्पतालका निर्देशक डा. दीर्घराज आरसीले बताएका छन् । ‘प्राप्त निर्देशनअनुसार हामीले आकस्मिक कक्षअन्तर्गत ३ वटा र वार्ड अन्तर्गत २ वटा वेडको व्यवस्थापन गरिसकेका छौं,’ उनले भने ।

शिक्षण अस्पतालका निर्देशक डा. प्रेम खड्गाले आफूहरु मन्त्रालयको निर्देशनअनुसार तयारी लागिरहेको बताए । उनले भने, ‘हामी तयारीमा लागिरहेका छौं, यसका लागि ६ वेडको योजनामा काम गरिरहेका छौं ।’

यस्तै पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले मन्त्रालयको निर्देशनअनुसार आफूहरु तयार रहेको बताए । ‘हामी मन्त्रालयले दिएको निर्देशनअनुसार तयारी अवस्थामा छौं,’ उनले भने । पाँच अस्पताललाई निर्देशन दिइएपनि ती अस्पतालमा आइसोलेसन वार्डको अभाव छ । मन्त्रालयको निर्देशनपछि अहिले अस्पतालहरु आइसोलेसन वेड तयार पार्न लागिरहेका छन् ।

आइसोलेसन वार्ड कस्तो हुनुपर्छ

विश्व स्वास्थ्य संगठनले अस्पतालमा कस्तो हुनुपर्छ आइसोलेसन वार्ड भनेर मापदण्ड बनाएको छ । संक्रमित बिरामीलाई राखिएको वार्डबाट छानिएको हावाबाहिर जाने व्यवस्था हुनुपर्छ ।

बिरामीलाई जाँच्न प्रयोग गरिने स्टेथेस्कोप, थर्ममिटर, भेन्टिलेटर, अक्सिजन सिलिन्डर, मोनिटरलगायत उपकरण छुट्टै हुनुपर्छ । त्यस्तै, स्वास्थ्यकर्मीका लागि छुट्टै जुत्ता, गाउन (लुगा), मास्क, पन्जा प्रयोगको सुविधा भएको हुनुपर्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ