२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंका ठूला सबै अस्पतालमा मतदान केन्द्र राख्न पेशागत समावेशी चिकित्सक समुहकाे माग

काठमाडौंका ठूला सबै अस्पतालमा मतदान केन्द्र राख्न पेशागत समावेशी चिकित्सक समुहकाे माग


काठमाडौं : काठमाडौंका ठूला सबै अस्पतालमा मतदान केन्द्र राख्न  पेशागत समावेशी चिकित्सक समुहले माग गरेको छ। नजिकिदै गरेको एनएमए चुनावलाई लक्षित गर्दै पेशागत समावेशी चिकित्सक समुहले बुधबार हार्दिक होटेलस्थित विभिन्न मागसहित पत्रकार सम्मेलन गरेको हो।

यहि माघ महिना भित्र नेपाल चिकित्सक संघमा निर्वाचन हुने भनिएको छ। तर पेशागत समावेशी चिकित्सक समुहले भने एक ठाउँमा मात्रै केन्द्रित नभई काठमाडौँको सबै ठुला अस्पतालमा निर्वाचन केन्द्र बनाउनु पर्नेमा जोड दिएका छ। नेपाल चिकित्सक संघको भवनमा मात्र चुनाव गर्दा ५ दिन लाग्ने र सबै ठाउँमा मतदान केन्द्र राखेमा २ दिनमै चुनाव सकिने उनीहरुको भनाई छ।

त्यस्तै, उक्त समूहले नेपाल चिकित्सक संघको भवनका केहि कोठाहरू महगो भाडामा लगाई बिचौलियाको प्रयोग गरी व्यापक आर्थिक अनियमितता गरेको कारण चिकित्सकहरुले शिर झुकाउनु परेको गुनासो गरेको छ।

यसै गरी, गत माघ ४ र ५ गते सम्पन्न उपत्यका बाहिरको निर्वाचनमा सिरहाको लाहान मतदान केन्द्रमा उमेदवारकाे वुवा नै मतदान अधिकृत बनाएर विधान विपरीत काम गरेकाे भन्दै साे निर्वाचनलाइ रद्द गरीनुपर्रनेर् माग राखेका छन् ।

नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि चुनावी मैदानमा  पेशागत समावेशी चिकित्सक समूहका अध्यक्ष डा. पुष्पमणी खराल उत्रिएका छन्। संघले चिकित्सकको हितमा काम गर्न नसकेकाे आरोप लगाउँदै यसमा काम गर्नका लागि आफूले उम्मेदवारी दिएको उनी बताउँदै आएका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ