२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबुहानका १९० नेपाली नियमित सम्पर्कमा, ल्याउनुपर्ने अवस्था आए सरकार तयार

बुहानका १९० नेपाली नियमित सम्पर्कमा, ल्याउनुपर्ने अवस्था आए सरकार तयार


काठमाडौं—नोवल कोरोना भाइरसको इपिसेन्टर मानिएको वुहान प्रान्तमा रहेका १ सय ९० नेपाली सम्पर्कमा आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु चीनस्थित नेपाली दूतावासले बनाएको ‘ह्वाटसएप ग्रुप’मा नियमित सम्पर्कमा रहेका छन् ।

इपिसेन्टरमा रहेका नेपालीलाई जुनसुकै समयमा स्वदेश फर्काउनुपर्ने अवस्था आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बिहिवार विभिन्न मन्त्रालयका उच्चस्तरीय अधिकारीहरुसँग छलफल गरेका छन् ।

एकै पटक त्यति धेरै संख्यामा नेपालीलाई फर्काउनु परे उनीहरुको निगरानी कसरी गर्ने भन्ने विषयमा पनि छलफल भएको सहभागी मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए । छलफलमा उनीहरुलाई ल्याएर राख्न नेपाली सेनाको अस्पतालमा बनेको नवनिर्मित भवनलाई पहिलो प्राथमिकतामा राखिएको छ । त्यसैगरी, शुक्रराज अस्पताल र अन्य हव अस्पताललाई पनि तयारी रहन निर्देशन दिइसकेको उनले बताए ।

मन्त्री ढकालले बोलाएको उच्चस्तरीय बैठकमा रक्षा, परराष्ट्र, पर्यटन र अर्थ मन्त्रालयका सचिवहरु, अध्यागमनका महानिर्देशक, गृह मन्त्रालयका इमरर्जेन्सी महाशाखा हेर्ने सह—सचिव, भन्सार विभागका महानिर्देशक, सैनिक अस्पताल छाउनीका निर्देशकलगायत स्वास्थ्य मन्त्रालयका सबै महाशाखा प्रमुखहरुको उपस्थिती रहेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ