२०८१ मंसीर २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउपत्यकामा चिकित्सक संघको निर्वाचन आजबाट शुरु

उपत्यकामा चिकित्सक संघको निर्वाचन आजबाट शुरु


काठमाडौं – नेपाल चिकित्सक संघको २८ औं कार्यकारिणी समिति चयनका लागि आजदेखि काठमाडौं उपत्यकाभित्र मतदान शुरु भएको छ । संघको केन्द्रिय कार्यालयस्थित एक मात्र मतदान केन्द्रमा २१ गते मंगलबारसम्म प्रत्येक दिन ११ बजेदेखि ४ बजेसम्म मतदान गर्न पाइने प्रमुख निर्वाचन अधिकृत डा बाबुराम मरासिनीले बताए ।

गत माघ ४ र ५ गते संघका उपत्यका बाहिरका १६ शाखामा मतदान भएको थियो । जसमा २ हजार ८ ले मतदान गरेका थिए । नेपाल चिकित्सक संघका अनुसार उपत्यकाभित्र ७ हजारको संख्यामा मतदाता छन् ।

चिकित्सकको व्यस्त कार्यतालिका मिलाएर मतदान सहज होस् भन्ने उद्देश्यले पाँच दिनसम्म मतदान गर्न पाइने व्यवस्था गरेको छ । संघको १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चुनावी मैदानमा छन् । चिकित्सकहरु लोकतान्त्रिक र प्रगतीशील समूहका छुट्टा-छुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । लोकान्त्रिक समूह वर्तमान महासचिव डा. लोचन कार्की र प्रगतीशील समूह डा. पुष्पमणि खरालको नेतृत्वमा उम्मेद्वारहरु चुनावी मैदानमा उत्रिएका हुन् ।

को को छन चुनावमा ?
लोकतान्त्रिक समूहबाट वरिष्ठ उपाध्यक्षमा डा. शिवप्रसाद श्रेष्ठ, उपाध्यक्षमा डा. अनिलविक्रम कार्की, महासचिवमा डा. बद्री रिजाल, कोषध्यक्षमा डा. प्रकाश बुढाथोकी, सह-कोषाध्यक्षमा डा. विश्वाराज दवाडी र सह-सचिवमा डा. निरजकुमार सिंह मैदानमा छन् । सदस्यहरुमा लोकतान्त्रिक समूहबाट डा. विक्रान्त ढकाल, डा. विपेश आचार्य, डा. नन्दकुमारी गुरुङ, डा. प्रमोद जोशी, डा. रितेश थापा र डा. सञ्जिव तिवारी रहेका छन्।

प्रगतीशील समूहले वरिष्ठ उपाध्यक्षमा डा. रक्षा श्रेष्ठ, उपाध्यक्षमा डा. रञ्जितकुमार झा, महासचिवमा डा. मधुर बस्नेत, कोषाध्यक्षमा शुरुमा स्वतन्त्र उमेदवारी दिएका डा. सञ्जितकुमार साहलाई नै पछि प्यानलमा राखेर मैदानमा उत्तारिएको छ । प्रगतीशील समूहबाट सहसचिवमा डा. शैलेन्द्र झा, सह-कोषाध्यक्षमा डा. उदयनारायण सिंह मैदानमा छन् ।

त्यस्तै, महासचिवमा मधुर बस्नेत, डा. अजय कुमार मिश्र, डा. दीपेन्द्र पाण्डेले उमेदवारी दिएका छन् । प्रगतीशीलबाट सदस्यका लागि डा. दिपकप्रसाद कोइराला, डा. जगदिशचन्द्र विष्ट, डा. लिजन महर्जन, डा. राकेश कुमार साह, डा. सुमान काफ्ले र डा. त्रिभुवन चन्द्र झा रहेका छन् । ती बाहेक स्वतन्त्र रुपमा सदस्य पदमा अमित चतुर्वेदी र प्रवीणकुमार गिरी पनि चुनावी मैदानमा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ