२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना अपडेट : २० डिग्री तापक्रमभन्दा मुनि रहेको देशमा सबैभन्दा बढी प्रभाव

कोरोना अपडेट : २० डिग्री तापक्रमभन्दा मुनि रहेको देशमा सबैभन्दा बढी प्रभाव


कोभिडको प्रकोप विश्वभर फैलिरहेको छ। २० डिग्री सेल्सियस तापक्रम भएको देशमा यसको सबैभन्दा असर रहेको तथ्याङ्कले देखाएको छ। ३० डिग्री हुने वित्तिकै भाइरसको असर खतम हुने अनुमान लगाइएको छ। विशेषज्ञको अनुसार २६ डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको देशमा कोभिडको प्रभाव कम हुने गर्छ। कोभिड १९ एक फ्लु भाइरस हो र सामान्यतया चीसो मौसममा देखा पर्ने गर्छ। हाछ्यु र खोक्दा थुकको छिट्टाले चीसो मौसममा बढी सर्ने गर्छ।

कोरोना भाइरसले विश्वका १ सय १० देशमा गरेर ४ हजार ६ सय ३२ देशको ज्यान लिइसकेको छ। यस रोगबाट १ लाख २६ हजार २ सय व्यक्ति संक्रमित छन्। सबैभन्दा बढी चीन, इटाली, इरान, जापान, स्पेन र अमेरिकामा कोरोना भाइरसको प्रभाव देखिएको छ। तापमानको आधारमा हेर्ने हो भने चीनमा जनावरी र फ्रेवअरीमा ज्यादा चीसो हुने गर्छ। मार्चमा चीनको अधिकतम तापक्रम १२ देखि १४ डिग्री सेल्सियस रहन्छ।

यता इटालीमा १३ देखि १६ डिग्री सेल्सियस, इरानमा पनि अधिकतम तापमान २०डिग्री सेल्सियससम्म पुग्न पाएको छैन। जापान र अमेरिकामा अधिकतम तापमान १३ देखि १७ डिग्री सेल्सियस छ।

अफ्रीकी मुलुकको अबस्था

अफ्रीका महाद्वीप यस भाइरसबाट अछुत छैन। अफ्रिकाका ५४ देशमा मात्र ४ देश अल्जीरिया, इजिप्ट, नाइजीरिया र दक्षिण अफ्रीकामा कोरोनाको मामला देखिएको छ। यता, युरोपका सबै ४४ देशमा उक्त भाइरसको संक्रमण फैलिसकेको छ। अफ्रीकाको कयौ देशसँग सम्पर्क छैन। करिव २० लाख चीनी नागरिक अफ्रीकामा छन्। यसको साथै अफ्रीकी नागरिक पनि पढ़ाई र व्यावसायको सिलसिलामा चीन जाने गर्छन। चीनबाट अफ्रीकी देशबीच मात्र ८ फ्लाइट संचालित छ। दक्षिणी अफ्रीकामा भने अन्य देशको तुलनामा ज्यादा सम्पर्क रहेको छ र यहाँ संक्रमणको १७ केस देखिएको छ।

तापक्रमले उक्त भाइरसमा प्रभाव पार्छ भन्ने सम्भावना भएता पनि ठोस प्रमाण नभएको अमेरिकाको सीडीसी (सेन्टरल फर डिसीज कन्ट्रोल एण्ड प्रिभेन्सन) विभागले जनाएको छ। भारतकै कुरा गर्ने हो भने अधिकतम तापक्रम २६ डिग्री सेल्सियसभन्दा माथि छ। तर प्राय सबै संक्रमित व्यक्ति बाहिर देश हुँदै आएको पाइएको छ। यस्तोमा गर्मी बढ्दा संक्रमण कम हुने सम्भावना देखिन्छ ।

सार्समा तापमानको सकारात्मक असर परेको थियो

२००३मा देखिएको सार्स (सार्स सिभियए एक्यूट रेस्पिरेटरी सिंड्रोम) भाइरसले संक्रमण गरेको समय हङकङमा तापक्रम १ डिग्री सेल्सियस बढ्दा संक्रमणको मामलामा ३. ६ प्रतिशत कम आएको थियो। सार्सको प्रकोप ८ महिनासम्म चलिरहेको थियो तर गर्मी मौसम सुरुवातसँगै भाइरसको प्रसार कम भएको थियो। तर सार्सभन्दा थोरै फरक रहे पनि तापक्रमको असर भने समान नै देखिएको छ।

-भारतीय संचार माध्यम दैनिक भास्करबाट अनुवादित


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ