२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोभिड १९ : अब हामीले के गर्ने ?

कोभिड १९ : अब हामीले के गर्ने ?


कोरोना भाइरस (कोभिड १९) उत्तरी छिमेकी मुलुक चीनको वुहानबाट सुरु भएर अहिले विश्वका प्रायजसो सबै मुलुकमा महामारीको रुपमा फैलिएको छ । नेपाल पनि यसबाट अछूतो रहन सकेन । यसको प्रकोप दिनप्रतिदिन बढ्ने संकेत देखिएकाले सरकार र नागरिकका तर्फबाट सक्दो प्रयास भैरहेको छ । सुरुवाती अवस्थामा चीनबाट आएका १ सय ७५ जना क्यारेनटाइनमा राखेकोजस्तो अन्य देशबाट भित्रिएकाहरुलाई पनि राख्न सकिन्थ्यो । तर, पाँच महिना पहिलेबाट प्रसारित कोरोना सम्बन्धी समाचारबाट पनि हामी सचेत भएर पर्याप्त तयारीमा जोड दिएनौं । जसले गर्दा अहिलेको परिस्थिती निर्माण भएको छ ।

फागुन महिनामा मात्रै पचास हजार बढी चिनियाँलगायत अन्य मुलुकका नागरिक त्रिभुवन विमानस्थलबाट भित्रिएको तथ्यांक मिडियाहरुमा बाक्लै छाएको थियो । टेष्टिड्ड फ्रिक्वेन्सी नभएको हुनाले संक्रमित संख्या बाहिर नदेखिएको साथै टेष्ट एण्ड ट्रयाप विधि फितलो हुँदा विदेशबाट नेपाल आउनेमा परीक्षण फितलो देखिएको भन्नेहरु पनि प्रशस्तै छन् । साथै, हामीले विशेष सर्तकता अपनाउन सक्नुपथ्र्यो । नेपाल सुरक्षित छ भनेर नेपाली नागरिक तथा विदेशी नागरिकले समेत सुरक्षित गन्तव्यको रुपमा हाम्रो देश रोजाइमा परेको हुनसक्छ ।

यो संक्रमण चीनको वुहान प्रान्तबाट फैलिंदा एकै किसिमको उच्च ज्वरो र खोकी देखा पर्न थाल्यो । समयमा परीक्षण गर्न नसक्नु र उचित तवरको सुरक्षा अपनाउन नसक्दा यसबाट संक्रमित हुनेको संख्या बढेर गयो । जसको प्रभाव स्वरुप नेपाललगायत विश्वमा हाल यसले महामारीको रुप लिएको छ । यो महामारीबाट बच्न सरकारलगायत प्रत्येक व्यक्तिमा सचेतना हुनु जरुरी देखिन्छ । भनिन्छ राम्रो कामको लागि कहिल्यै ढिलो हुँदैंन त्यसैले यसको सुरुवात आफैबाट अहिल्यै नै गर्नुपर्ने आवश्यकता छ ।

हामीले के विधि अपनाउनु पर्थ्यो र के भइरहेको छ ?

१) हाल देशका विभिन्न स्थानमा सरकारी र निजी नयाँ अस्थायी आइसोलेसन युनिट (क्यारेनटाइनका रुपमा स्थापना गरिएको काम त्यस बखत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गरेका व्यक्तिका लागि १४ दिन राख्न सकेको भए आज करौडौं बराबरको स्वास्थ्य सामाग्री नै चाहिने अवस्था आउने थियो न त २१ दिने घर बन्दी नै बन्नुपर्ने ।

२) स्नो बल संक्रमण तथा मल्टिफिकेशन रोक्न बोर्डर नाकामा आइसोलेसन डेस्क स्थापना गर्नुपर्थ्यो ।

३) टेष्टिङ फ्रिक्वेन्सी बढाउनुपर्थ्यो । टेष्ट एण्ड ट्रयाप विधि फितलो हुँदा विदेशबाट आउनेमा परिक्षण फितलो भएको, स्वास्थ्य सामाग्री र आवश्यक स्रोत नहुनु साथै सुरक्षित देश नेपाल भनेर तथ्यांक मिडियामा आउँदा नेपालमा बाहिरबाट धेरै मान्छे भित्रिनु,

४) विदेशबाट सुरु भएकाले बाहिरबाट आउने व्यक्तिको विवरण सही नराखिएको साथै घर पठाउँदा सुरक्षित रुपमा पीपीई (पर्सनल प्रोटेक्टिङ इक्वीपमेन्ट) व्यवस्था गरी घरमा सुरक्षित बस्ने सल्लाह दिन नसकिएको,

५) सल्लाह दिएपनि त्यसको कार्यन्वयन पक्ष फित्तलो देखिएको ।

हालको अवस्था

१) बिरामीको खोजी र उपचार गर्ने काम भएको अवस्था,

२) माथिल्लो निकायबाट हुनुपर्ने काम तल्लो निकायबाट भइरहेको । आइसोलेसन गरी घर गाउँ पठाउनुपर्नेमा त्यसो गर्न नसकिएको,

३) रोग लाग्न दिनुभन्दा लाग्न नै नदिनु बेस भन्ने कुरा नारामा मात्रै सिमित हुनु,

४) नेपाली परीक्षा दिएर बसेको र प्रतिफल बाँकीको अवस्था हो ।

अब के गर्ने?

१) विदेशबाट आएका नागरिकमाथि निगरानी गर्नुका साथै सबैलाई आइसोलेसनमा अनिवार्य बस्नुपर्ने नियम कडाइका साथ लागु गर्ने

२) ६० वर्ष माथिका वृद्धवृद्धालाई संक्रमणको डर हुने हुँदा वृद्ध र अशक्क्तको लागि घरमै खाना पु¥याइदिने।

३) सबै निजी अस्पतालले अनिवार्य रुपमा उपचार गर्नुपर्ने ।

४) अत्यावश्यक सामाग्रीको सर्वसुलभ उपलब्धता हुनुपर्ने ।

५) माइकिङबाट गाउँ टोलमा चेतना जगाउने, फैलाउने ।

६) हामी सबै अत्यावश्यक कामबाहेक घर बाहिर नजाने ।

७) कोरोना पहिचान भएको र संसर्गमा आएका सम्पूर्ण व्यक्तिको परिक्षण र आइसोलेसनको व्यवस्था हुनुपर्ने

व्यक्तिगत रुपमा अपनाउनुपर्ने सावधानी

१) विश्व स्वास्थ्य संगठनले भने बमोजिम पोषणमा विशेष ध्यान दिने साथै व्यायाम गर्ने, मध्यपान तथा धुम्रपान नगर्ने, मानसिक रुपमा स्वस्थ्य रहन प्रयास गर्ने,

२) विश्वलाई नै कोरोनाले एउटै मालामा उनिएर बस्न सिकाएको छ । साथै भाइरसले पुष्टि गरेको छ हामी सबै समान रहेछौं । कोरोना भाइरस गाडी बस चढेर हाम्रो गाउँ समाजमा भित्रिसकेको अवस्था छ । त्यसैले जागिर, काम, पैसा पछि गरौला ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ