२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोभिड-१९को उत्परिवर्तनबाट वैज्ञानिक नै अचम्मित

कोभिड-१९को उत्परिवर्तनबाट वैज्ञानिक नै अचम्मित


बेलायत तथा अमेरिकाका वैज्ञानिकहरुले कोभिड-१९ निम्त्याउने भाइरसका सयौं नयाँ उत्परिवर्तन अर्थात आनुवंशिक संरचनामा हुने परिवर्तन देखिएको पत्ता लगाएका छन् । यद्यपी, त्यसबाट मानिसहरुमा फैलिने संक्रमणलाई रोक्नको निम्ति भ्याक्सिन (खोप) कतिको प्रभावकारी हुन्छ भन्ने दावी गर्न सकिएको छैन ।

उक्त भाइरसको उत्परिवर्तनले के गर्छ वा गर्दैन भन्ने कुरा सोहि गतिविधिमा नै भर पर्ने वैज्ञानिकहरुले जनाएका छन् । यस्तो अवस्थामा
भाइरसका कुन परिवर्तनले वास्तवमा रोगको गम्भीरता एवम् संक्रमणलाई बढाउँछ त ? भन्ने प्रश्न उठ्न सक्छ ।

अमेरिकाको प्रारम्भिक अनुसन्धानले जनाए अनुसार भाइरसमा देखा परेको विशिष्ट परिवर्तन–डि६१४जी–ले यस रोगलाई थप संक्रामक बनाउछ । अमेरिका बाहेक अन्य वैज्ञानिकहरुले भने हालसम्म यस रोगको औपचारिक रुपमा समीक्षा एवम् प्रकाशित भने गरेका छैनन् ।

यसैगरी मेक्सिकोस्थित रहेको लस अलामस ल्याबोटरीले भने ग्लोबल इनिसिएटिभले सबै इन्फ्लुएजा डाटा (GISAID) लाई प्रतिनिधित्व गर्ने डेटाबेसका प्रयोग गरेर भाइरसको विशिष्ट रुप ‘स्पाइक’ परिवर्तनलाई ट्रयाक गर्ने प्रयासमा रहेका छन् । उनीहरुले अध्ययनको क्रममा केहि परिवर्तनहरु तीव्र रुपमा देखा परेको जनाएका छन् । तर, यसको निस्कर्ष भने अझै पनि पुर्ण रुपमा प्रष्ट भने भइसकेको छैन ।

बेलायती अनुसन्धानकर्ताको समूहले पनि सिफल्डमा रहेका कोरोना संक्रमित विरामीको तथ्यांकलाई विश्लेषण गरेका छन् । सर्वेक्षणको क्रममा उनीहरुले भाइरसको विशिष्ट परिवर्तनको क्रममा अझ धेरै जिवाणुको संख्या देखिने बताएका छन् । उक्त जिवाणुको  संख्या परीक्षण नमुनामा देखिएता पनि भाइरसको त्यस्तो परिवर्तनकै कारण व्यक्तिको अवस्था झन् गम्भीर भएको र यसै कारणले गर्दा लामो समयसम्म अस्पताल बस्नु परेको कुनै पनि प्रमाण उनीहरुले हालसम्म जुटाउन भने सकेको छैन ।

“उत्परिवर्तन नकरात्मक भने होइन”

यसैगरी लन्डन युनिभर्सिटि कलेजको एक अध्ययनले पनि भाइरसको १ सय ९८ उत्परिवर्तनहरु पत्ता लगाएका छन् । त्यहाँका एक लेखक तथा  प्रोफेसर फ्रान्कोइस बलक्सले बताए अनुसार भाइरसमा देखिने यस्ता परिवर्तनहरु आफैमा नकरात्मक भने होइनन् । र, त्यस परिवर्तनबाटै ‘सार्स–कोभ–२’ को उत्परिवर्तन छिटो वा ढिलो छ भने भन्न सकिदैन ।

‘हामी दूरदर्शी भएर’ सार्स–कोभ–२’ भाइरस अझ धेरै वा कम घातक हुन्छ भनेर अहिले नै भन्न सक्ने अवस्थामा छैनौं’ ,उनले भने ।
यस्तै परिवर्तनका विषयमा अध्ययन गरेका अर्का ग्लास्गो युनिभर्सिटिको अध्ययनले  उक्त परिवर्तनहरुले भाइरसको घातकतामा कुनै पनि किसिमका परिवर्तनहरु नल्याउने उल्लेख गरेका छन्। उनीहरुले हालसम्म त्यहाँ एक किसिमका भाइरस मात्रै सक्रिय रहेको बताएका छन् ।

भ्याक्सिन संरचनाको निम्ति भाइरसमा देखा परेको स-साना परिवर्तन एवम् विकासको क्रम बुझ्नु आवश्यक पर्दछ । फ्लु भाइरसको संक्रमणले छिटो आफ्नो रुप परिवर्तन गर्ने हुँदा खोप बनाइएको खण्डमा खोपलाई पनि प्रत्येक वर्ष समायोजित गर्नुपर्ने विज्ञहरुको भनाई छ ।

औषधी विकासक्रम

कोभिड-१९ विरुद्ध हाल विशेष रुपमा खोपको विकास गर्ने पहल भइरहेको छ । खोपको माध्यमबाट शरीरको विशिष्ट तत्व पहिचान गरी यसकै माध्यमबाट सम्पूर्ण भाइरसहरु विरुद्ध लड्ने विज्ञहरुको लक्ष्य छ । तर, यसरी लगातार रुपमा परिवर्तन हुने भाइरसको स्वरुपको कारण खोप पनि कम प्रभावकारी रहन सक्ने अनुमान गरिएको छ ।

तर, भाइरसको जीनोममा के परिवर्तन हुन्छ भनेर वैज्ञानिकहरुसँग दाबी गर्न सक्ने कुनै प्रभावकारी आधार र प्रमाण नभएका कारण हालको निम्ति यी सबै विषय सैद्धान्तिकमा मात्रै सिमित छ ।

युसीएल अध्ययनका सह–लेखक डा. लुसी भ्यान डोर्पले बताए अनुसार वृहत संख्यामा भाइरसको विश्लेषण गर्न सक्षम भएको खण्डमा मात्रै विश्वभरका वैज्ञानिकहरु यसविरुद्धको औषधी विकासको प्रयासमा सफल हुन सक्छन् । बीबीसीसँगको कुराकानीमा उनले भनिन्, “जीनोम(विशांणुक्रमको सिङ्गो रुप)को बारेमा धेरै रुचि भएता पनि हाललाई यस सम्बन्धि बताउन सक्ने कुरा भएता पनि प्रमाण भने छैन।’

-बीबीसी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ