२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यविश्वका कयौं देश कोरोना भ्याक्सिन बनाउने दौडमा, सबैमा पहिलो हुने चाहाना

विश्वका कयौं देश कोरोना भ्याक्सिन बनाउने दौडमा, सबैमा पहिलो हुने चाहाना


कयौं देश कोभिड-१९ विरुद्धको खोप जतिसक्दो चाँडो बनाउने दौडमा होम्मिएका छन्। सो राष्ट्रहरु रातदिन एक गरेर यस भाइरस विरुद्धको खोप बनाउनेमा सबैभन्दा पहिलो हुन् चाहान्छन।

यस प्रतिस्पर्धा संयुक्त राज्य अमेरिका, चीन र भारत जस्ता अन्य खोप उत्पादन गर्ने पावरहाउसहरूमा ज्यादा छ। यसबाहेक प्रभावकारी खोप खोज्ने प्रयासको लागि अरबौं डलर संकलन गरिरहेका दर्जनौं देशहरू पनि लागि परेका छन् । उक्त दर्जनौ देशले खोप विरुद्ध सामान विश्वभर समान रुपमा उपलब्ध हुनु पर्ने माग राखेका छन्।

यो प्रतिस्पर्धासँगै धेरै प्रश्न चिन्ह खडा भएको छ। जस्तै – यदि यी देशहरुले सबैभन्दा अघि खोप विकास गरे भने उनीहरुले तुरुन्तै अन्य देशमा उपलब्ध गराउने छन् त ? भन्ने जस्ता प्रश्नहरु कयौंको मनमा छ। यसले “खोप राष्ट्रियता” भन्ने सिद्धान्तलाई पछ्याएको छ, यो खोपको “रेस” जित्ने कुनै पनि सरकार वा वैज्ञानिकले आफ्नै देशमा मात्र घरेलु प्रयोगका लागि शट जमाउन खोज्न सक्ने धेरैको अनुमान छ।

क्यानाडा, जापान, इजरायल र साउदी अरेबियालगायतका धेरै देशहरूले बिल र मेलिन्डा गेट्स फाउन्डेशन जस्ता संस्थाहरूसँग मिलेर खोप, उपचार र परीक्षणका लागि विश्व कोषमा ८ अर्ब डलर दिने वाचा गरिरहेका छन्।

अधिकारीहरू भन्छन्, ‘कुनै पनि खोप” उपलब्ध, पहुँच योग्य र सस्तो बनाउने प्रतिबद्दता जनाउनु भनेको २१ औं शताब्दीको पृथक विश्वव्यापी सार्वजनिक कल्याण हुनेछ।’

चीन अहिले शिखरमा छ र यस दौडमा हार्न सक्दैन। शिखर सम्मेलनमा रहेको अर्को देश भारत पनि हो, जुन विश्वको सबैभन्दा ठूलो खोप उत्पादक खण्डको आधारमा रहेको छ, भारतको सीरम संस्थान। त्यहाँ उपस्थित भएका अन्य देशहरूमा समेत उनीहरूसँग राष्ट्रिय वा बजार शक्तिहरूको सामना गर्नुपर्दा उनीहरूको समानतावादी दृष्टिकोण कार्यान्वयन गर्ने शक्ति छ कि छैन भन्ने कुरा स्पष्ट छैन।

एसोसिएटेड प्रेसकाअनुसार कोरोनाविरुद्धको प्रभावकारी खोप कहिले पाइनेछ भन्ने कुनै ग्यारेन्टी छैन र पत्ता लागि हालेको अवस्थामा पनि उत्पादन, परीक्षण, र वितरण गर्न एक वर्ष वा सो भन्दा बढी लाग्ने देखिन्छ। विश्वव्यापीरुपमा सुरुको चरणमा करिब एक दर्जन खोप उम्मेद्वारहरू परीक्षणको पहिलो चरणमा हुन्छन् ।

कोभिड-१९ले हानी पुर्याउनु भन्दा पहिले नै संसारमा व्यापक रूपमा पहिला पनि केहि भाइरसले प्रभाव पारिरहेको थियो र अरबौं मानिसमा खोप वितरणमा ढिलाइ भएको थियो। पहिले भ्याक्सिनहरुको आविस्कार हुँदा गरिब देशहरुमा ठुलो धक्का पुगेको थियो। सन् २००९मा ‘स्वाइन फ्लु’को महामारी फैलिदा सम्पन्न राष्ट्रले चाँडो भ्याक्सिन पाएका थिए। विपन्न राष्ट्रले भने भ्याक्सिनको पहुँचको लागि लामो समय कुर्नु परेको थियो।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ