२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्य३७ लाखभन्दा बढी संक्रमित कोरोनामुक्त, यी १० राष्ट्रमा सबैभन्दा बढी संक्रमण

३७ लाखभन्दा बढी संक्रमित कोरोनामुक्त, यी १० राष्ट्रमा सबैभन्दा बढी संक्रमण


विश्वभर गरेर कोभिड-१९को संक्रमणबाट ४ लाख १८ हजार ९ सय १९ मानिसले ज्यान गुमाइसकेका छन्। पछिल्लो तथ्याङ्क अनुसार संक्रमितको संख्या मात्रै ७४ लाख ५२ हजार८ सय १२ पुगेको छ। जसमध्ये ३७ लाख ४९ हजार ८ सय ८८ संक्रमित संक्रमण मुक्त भएका छन्।

कोरोनाको मारमा सबैभन्दा बढी शक्तिशाली मानिने संयुक्त राज्य अमेरिका परेको छ। उक्त राष्ट्रमा २० लाख ६६ हजार भन्दा बढी संक्रमणको केस देखिएको छ। जसमध्ये १ लाख १५ हजार १ सय ३० संक्रमितले ज्यान गुमाइसकेका छन्।

चीनको वुहानबाट कोभिड-१९ को संक्रमण फैलदै अन्य देशमा पुगेको हो । अन्य राष्ट्रको तुलनामा सबैभन्दा कोरोना प्रभावित बनेको १० देशको सुचीमा पहिलोमा अमेरिका, दोश्रोमा ब्राजिल, तेश्रोमा रुस, चौथोमा बेलयात, पाँचौमा स्पेन, छैठौंमा भारत, सातौँमा इटाली, आठौँमा पेरु, नवौंमा जर्मनी र अन्तिममा १० नम्बरमा इरान परेको छ ।

सबैभन्दा प्रभावित बनेको १० राष्ट्र  (तथ्यांक  सहित)

देश संक्रमितको संख्या  मृत्यु निको हुने संख्या 
अमेरिका  २०, ६६, ४०१  १, १५, १३०   ८, ०८, ४९४ 
ब्राजिल  ७, ७५, १८४   ३९, ७९७  ३, ८०, ३०० 
रुस ४, ९३, ६५७  ६, ३५८ २, ५२, ७८३
बेलायत २, ९०, १४३ ४१, १२८ उपलब्ध छैन 
स्पेन २, ८९, ३६०  २७, १३६  उपलब्ध छैन 
भारत  २, ८७, १५५  ८, १०७ १,४०, ९७९
इटाली २, ३५, ७ सय ६३ ३४, ११४ १, ६९, ९३९ 
पेरु २, ०३, ७३६ ५, ७३८  ९२, ९२९ 
जर्मनी १, ८६, ८६६  ८, ८४४  १, ७०, ७०० 
इरान  १, ७७, ९३८  ८, ५०६  १, ४०, ५९०0
– एजेन्सी

क्याटेगोरी : अन्य
ट्याग : #covid case, #world upadate, #कोभिड-१९


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ