२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यट्याक्टरमा ल्याइएका विरामीको उपचार गर्दा

ट्याक्टरमा ल्याइएका विरामीको उपचार गर्दा


–डा.उदय सिंह

बारा र पर्सामा भीषण हावाहुरी गएको पनि पाच महिना लागिसक्यो । तथापी त्यो समय सायदै भुल्न सकिन्छ होला । किनकी सो हावाहुरी पछि उत्पन्न विषम परिस्थितीलाई सहज बनाउन खटिएको एक व्यक्ति म पनि थिए । एउटा स्वास्थ्यकर्मीको हैसियतले सो क्षेत्रकै सबैभन्दा ठूलो सरकारी अस्पतालको आकस्मीक विभागको बागडोर मैले नै समालेको थिए । हावाहुरीबाट घाइते भएका विरामीले जतीसक्दो चाडो उपचार पाए त्यतीनै क्षती कम हुने कुरामा म पुर्ण रुपमा सजग थिए ।

मेरो काधमा ति घाइते र उनका परिवारमा आशा र भरोष जगाउने जिम्मेवारी थियो । मलाइ लाग्छ विपदको बेला हामीले अस्पतालमा सफलपूर्वक त्यो जिम्मेवारी पुरा गरेर घाइतकोे उपचार गरेका थियौ ।

साँझ साढे सात बजेको थियो । साँझको राउन्ड सकेर भर्खरै घर पुगेर मोवाई अन गरेको थिए । तत्कालै ह्वाट्सएपमा एउटा फोन आयो । त्यो फोन बिदेश भ्रमणमा रहेका हाम्रा अस्पतालका मेसुको थियो । उहाबाटै मैले बारा र पर्साका केही भागमा हावाहुरीको प्रकोकप भएको र ठूलो संख्यामा मानिस हताहात भएको जानाकारी पाए । तत्कालै आकस्मिक बिभागमा रहेका डा. प्रशान्तलाई फोन गरेर स्थिति बुझ्ने प्रयास गरे ।

भुइँमा बिरामी र सामान्य चोटपटकका घाइतेको व्यबस्थापन गरियो । ट्रायक्टरको टेलरमा घाइतेहरु भरेर ल्याएको दृश्य निकै नै हृदयविधारक थियो । जिउभरी माटो र हिलो ससना घाईते बाल बालिकाहरुको दृश्य कारुणिक थियो ।

बिरामी र घाइते आउदै गरेकोे यकिन गरेपछि मैले सर्जरी र हाडजोर्नी बिभागका चिकित्सकहरुलाइ आकस्मिक बिभागमा बोलाए । सर्जरी बिभागका चिकित्सक डा. कुमार गौतम र म अस्पताल हिड्यौ । हाडजोर्नीका दुई चिकित्सकमध्ये एक बिदामा र एकजना विशेष पारिवारिक कार्यक्रममा थिए ।

अस्पताल पुग्दा त्यहाँको दृश्य सा¥है कहालीलाग्दो थियो । सबै चिकित्सक आआफ्नो जिम्मेवारीमा थिए । स्थिति निकै संबेदनसिल थियो । सबै वेड भरिसकेका थिए । घाइतेहरु आउने क्रम जारी थियो । तीन जनालाई मृत अवस्थामा ल्याइएको थियो ।

हामी सबै जनाको उदेश्य गम्भीरचोट लागेकाको उपचार गर्नु थियो । हामिलाइ अस्पतालको पारामेडिक्स साथीहरू, इन्र्टन र अस्पतालका अन्य कर्मचारीले पनि सहयोग गरेका थिए । त्यतिमात्र नभई नागरिक समाजका व्यक्ति र युवा स्वयंसेबकले पनि सहयोग गरेका थिए ।

त्यतिबेला डा. चौरसियाले अभिभावकिय भुमिका निभाउनुभयो । आकस्मिक सेवाको प्रमुख, आकस्मिक रोग विशेषज्ञ तथा अस्पतालको ¥यापिड रेस्पोन्स टिमको संयोजक भएको नाताले मेरो जिम्मेवारी बिरामिहरु र घाइतेको उपचार साथै तिनीहरुको छिटो व्यवस्थापन गर्नु थियोे ।

घाइतेहरु आउने क्रम जारी थियोे । भुइँमा घाइतेहरु राख्नु वाहेक कुनै विकल्प थिएन । हाड भचिएका , चोट पटक र अपरेसन गर्नु पर्ने बिरामिहरुलाइ हामिले वार्डमा सार्यो । भुइँमा बिरामि र सामान्य चोटपटकका घाइतेको व्यबस्थापन गरियो । ट्रायक्टरको टेलरमा घाइते भरेर ल्याएको दृश्य निकै नै हृदयविदारक थियो । जिउभरी माटो लागेका घाईते बाल बालिकाको दृश्य कारुणिक थियो ।
उपचारको क्रममा गम्भीर मस्तिष्कमा चोट्लागेको एकजना, आन्द्रा फुटेकी बालिका र छातीमा गम्भीर चोट लागेका अर्का एक जना वालकलाइ थप उपचारका लागि रिफर गर्यौ । सामाजिक अगुवाले सहयोगको लागि ल्याइएको चाउ चाउ र पानी नै हाम्रो रातको खाना थियो ।

बिहान ६ बजे फोनको घण्टी बज्यो, डब्लुएचओका डा. सुबासले प्रधानमन्त्रीले अस्पताल निरिक्षण गर्ने जानकारी दिए । फेरि पनि हतार हतारमा हुँदै अस्पताल पुगे । मन्त्रालयले पटकपटक जनशक्ति र औषधी सामाग्रीको आवश्यकता बारे प्रश्न गरे तर हाम्रो जनशक्ति र औषधि प्रयाप्त रहेको बताएका थियौ । केन्द्रबाट मन्त्रालयको संयोजक टोलीसँग दोस्रो रात छलफल भयो । पर्सिपल्ट स्वास्थय राज्यमन्त्री र स्वास्थय सचीवलाइ घाइतेहरुको अवस्था बारे जानकारी गरायौ । विशिस्ट व्यक्तिको भ्रमण निकै चुनौती पुर्ण थियो । राहत र सहयोगमा खटिएका प्रहरीहरुलाइ सुरक्षा व्यबस्था मिलाउन धौ धौ थियो । सामन्यतया घाउ र अप्रेसन का रोगिहरु रहेको वार्डमा धेरै व्यक्ति जानु हुन्न । तर, नेता तथा उनका कर्याकर्ताले वार्डमा भिड गरेका थिए । बिरामीसँग सेल्फी लिने होड थियो ।

बारा र पर्सामा आएको प्राकृतिक बिपदामा सरकारी अस्पतालले वृहत् स्तरमा गरेको व्यवस्थापन विश्व स्वास्थ्य सङ्ग्ठन देखि आम नागरिकको चासोको विषय बनेको छ । घाईतेको उपचारको श्रेय पेसामा लागेका चिकित्सक , कर्मचारी , प्रशासन र नागरिक समाजका सहयोगीहरुलाइ जान्छ । लेखक नारायणी अस्पतालमा आकस्मिक बिसेषज्ञ ,र हाल नेपाल चिकित्सक संघ, नारायणी शाखा का सचिब हुन।


क्याटेगोरी : अन्य, ब्लग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ