२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यकिन जन्मिन्छन् जुम्ल्याहा बच्चा ? के यसको जोखिम पनि छन् त ?

किन जन्मिन्छन् जुम्ल्याहा बच्चा ? के यसको जोखिम पनि छन् त ?


‘ट्विन्स’ अथवा जुम्ल्याहा बच्चा देखेर अधिकांशको मनमा विभिन्न किसिमका विचारहरु पैदा हुन सक्छन् । जुम्ल्याहा बच्चाको जन्मले परिवारमा एक किसिमको खुशिको साथसाथै दोहोरो जिम्मेवारीको पनि बोध गराउँछ ।

के तपाईलाई थाहाँ छ, जुम्ल्याहा बच्चा किन जन्मिन्छन्? जोखिमहरु के–कस्ता रहेका छन् । आउनुहोस् यसबारे केहि जानकारी हासिल गरौंः

कारणहरु :

१. यौनसम्पर्कपछि पुरुषको वीर्य महिलाको डिम्बाशयसँग मिलन हुने क्रममा दुई अलग अण्डाको फर्टिलाइजशन(निषेचित) हुँदा वा फर्टिलाइज भएको एउटा अण्डा दुई भागमा विभाजित भएमा पनि जुम्ल्याहा बच्चा जन्मिन सक्ने सम्भावना रहन्छ ।

२. जुम्ल्याहा सन्तानको सम्भावना प्रजनन उपचार गरेका, बढि उमेरका महिला र फेमिलि हिस्ट्रि(परिवारमा यसअघि जुम्ल्याहा शिशु जन्मिएका) भएका दम्पतिमा उच्च रहन्छ ।

३. प्रजननको निमित्त उपचार गराउने समयमा एकभन्दा बढि एब्रियो गर्भमा ट्रसफर गर्नाले पनि जुम्ल्याहा शिशुको सम्भावनालाई बढाउँछ ।

४. प्रजनन सम्बन्धिका औषधिले महिलाको अण्डाशयलाई उत्तेजित पार्ने काम गर्छ । यसैकारण महिलामा धेरै(दुई अण्डाहरु निष्काशन हुनपुग्छ । र, यसरी निष्काशन भएका दुवै अण्डामा वीर्य फर्टिलाइज भएमा पनि जुम्ल्याहा शिशु जन्मिन्छन् ।

यसका जोखिमहरु : 

जुम्ल्याहा शिशु जन्मको सबैभन्दा उच्च जोखिम भनेको स्टिलबर्थ( गर्भमा नै मृत्यु हुने प्रक्रिया) हो । सबै जुम्ल्याहा शिशु सामान्य रुपमा नै जन्मिन्छन्, भन्ने हुँदैन ।

अधिकांशमा गर्भमा रहेको शिशुमा स्टिलबर्थ( गर्भमा नै मृत्यु हुने प्रक्रिया) हुने सम्भावना उच्च रहन्छ । तसर्थ, यस्तो अवस्थामा शल्यक्रियाद्धारा नै शिशु बाहिर निकालनुपर्ने हुन्छ । १भन्दा बढि सन्तान भएका अधिकांश महिलाको प्रसुतिको विकल्प शल्यक्रिया नै हुनसक्छ ।

-एजेन्सी ।


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ