२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यविभिन्न पर्वका नाममा आफ्नो निन्द्रा खेर नफालौं, अन्यथा यसले निम्त्याउँछ यस्ता जोखिमहरु

विभिन्न पर्वका नाममा आफ्नो निन्द्रा खेर नफालौं, अन्यथा यसले निम्त्याउँछ यस्ता जोखिमहरु


निन्द्रा प्रत्येक प्राणीको स्वास्थ्यको निमित्त एक अत्यन्त महत्वपुर्ण पक्ष हो । शरीरमा खाएका खाना राम्ररी पचाउनदेखि मानसिक रुपमा फ्रेस राख्न समेत मद्दत गर्ने र यससँगै शारीरिक एवम् मानसिक स्वास्थ्यको दृष्टिकोणले पनि उत्तिकै महत्वपुर्ण मानिने निन्द्राको महत्व मानवीय जीवनमा अझ बढि रहेको छ । यसको अभावमा व्यक्तिमा विभिन्न समस्याहरु देखिन्छन् ।

तसर्थ, सकेसम्म हामीले आफ्नो निन्द्रालाई खेर फाल्न हुँदैन ।  हामीमध्ये अधिकांशको बानी के छ भने, साथीभाई होस् वा आफन्तसँगको भेटघाट या गफगाफको क्रममा हामी आफ्नो खाने तथा सुत्ने तालिकालाई खासै वास्तै गर्दैनौं । र, सोहि अवस्था कोरोनाका कारण लामो समय भेटघाट हुन नपाएका साथीभाई वा नजिकका आफन्तबीच दशैंको माहोलभर दोहोरिने क्रममा रहेको छ ।

यद्यपि रमाइलोको नाममा व्यक्तिले निन्द्रालाई खेर फाल्नु व्यक्ति स्वयम् का लागि घातक रहेको छ । यस्तो बानीले व्यक्ति कुनै न कुनै रुपमा शारीरिक वा मानसिक तवरबाट प्रभावित भइरहेका हुन्छन् । जसबाट हामी मध्ये अधिकांश व्यक्तिहरु अज्ञात रहेका छौ । त्यसोभए  निन्द्रा खेर फाल्दा अथवा उचित निन्द्राका अभावमा व्यक्तिमा देखिने समस्याहरु के–के हुन् त? अनिदो अथवा निन्द्राका अभावमा शरीरमा देखिने शारीरिक एवम् मानसिक समस्याहरु निम्न रहेका छन्ः

मानसिक समस्याहरु

  • स्मरण शक्तिमा हृास आउनु,
  • मुड स्विंग हुनु,
  • ध्यान केन्द्रित गर्न नसक्नु,
  • एन्जाइटी बढ्नु,
  • डिप्रेशनको उच्च सम्भावना ,
  •  र, आत्महत्याका सोचहरु आउनु ।

शारीरिक समस्याहरु:

  • पाचन प्रणालीमा समस्या देखिनु,
  •  छालामा मसिना बिबिराहरु आउनु,
  • आँखा पोल्नु,
  • मोटोपन बढ्नु,
  • मुटु सम्बन्धिको समस्या,
  • उच्च रक्तचाप,
  •  प्रतिरोध प्रणालीको समस्या,
  • र, मधुमेहको जोखिम बढ्नु ।

समाधानका उपायहरु

माथि उल्लेखित समस्याको जोखिम कम गर्ने भरप र्दो उपाय भनेकै पर्याप्त मात्रामा सुत्नु हो । यद्यपि यसको हकमा पनि व्यक्ति कति समय सुत्यो भन्दा पनि कस्तो निन्द्रा सुत्योरु भन्ने कुरा महत्वपूर्ण रहन्छ । चिकित्सा क्षेत्र अन्र्तगत ‘साउन्ड स्लिप’(उचित निन्द्रा) लाई महत्वपूर्ण पक्षको रुपमा लिइन्छ । अर्थात्, कुनैपनि व्यक्तिको सुताईको अवधि कति समय रहेको छ? भन्दा पनि चिकित्सा क्षेत्रअन्र्तगत सो व्यक्तिले कति अवधि उचित निन्द्रा सुत्यो भन्ने कुरा महत्वपूर्ण रहन्छ । तसर्थ माथि उल्लेखित समस्या नदेखियोस् भन्नका लागि पनि हामीले पर्याप्त मात्रामा उचित निन्द्रा उपभोग गर्नु अत्यावश्यक रहेको छ । यसबाहेक माथिका जोखिम कम गराउन र उचित निन्द्रा प्राप्त गर्न विशेष ध्यान दिनुपर्ने पक्षहरु निम्न रहेका छन्ः

  •  सुत्ने र उठ्ने आफ्नो नियमित तालिकालाई अनुशरण गर्ने,
  • राति सुत्ने समयमा मसालेदार खाना खाएमा निन्द्रा नलाग्ने भएकाले सुत्नुभन्दा २÷३ घन्टा अगाडि नै रात्रीभोजन गर्ने,
  • नियमित शारीरिक व्यायाम गर्ने,
  • योगा वा ध्यान गर्ने,
  • अल्कोहोल सेवनबाट टाढै रहने,
  • सकभर निन्द्रा खेर नफाल्ने र बाध्यतावश् यस्तो स्थिति आइपरे यो क्रमलाई लामो समय नदोहो¥याउने,

-एजेन्सी ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ