२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ भारतमा कोभिड-१९ भ्याक्सिन लगाउने ४४७ जनामा देखियो ‘साइड इफेक्ट’

भारतमा कोभिड-१९ भ्याक्सिन लगाउने ४४७ जनामा देखियो ‘साइड इफेक्ट’


भारतमा कोरोना विरुद्धको खोपबाट ४ सय ४७ जनामा ‘साइड इफेक्ट’ देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयले उक्त कुराको जानकारी दिएको हो। भारतमा १६ जनवरी देखि खोप सुरु भएपछि यसको साइडइफेक्टको बारेमा खबर आइएको हो।

आइतबार भारतीय केन्द्रिय स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो। स्वास्थ्य सचिव डाक्टर मनोहर अगनानीले अधिकांश केसमा यसको प्रतिकुल प्रभाव सामान्य स्तरको रहेको बताएका छन्।

भ्याक्सिनबाट देखिएको ‘साइड इफेक्ट’को बारेमा बताउँदै उनले भने, ‘प्राय मानिसमा हल्का ज्वरो, टाउँको दुख्ने र जिउ दुख्ने खालका साइड-इफेक्ट देखिएको छ। खोप लगाइएको ३ जनालाई भने अस्पतालमै भर्ना गरिएको छ। ‘

भारतले  ‘कोभिसिल्ड’ र ‘कोभाक्सिन’लाई स्वीकृती दिएको थियो।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ