२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यस्वास्थ्यमन्त्री त्रिपाठीलाई एमालेको स्वास्थ्य विभागले दियो १३ सुझाव

स्वास्थ्यमन्त्री त्रिपाठीलाई एमालेको स्वास्थ्य विभागले दियो १३ सुझाव


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि अध्यादेश क्याबिनेट लैजाने तयारी गरिरहेका बेला सत्तारुढ नेकपा एमालेको स्वास्थ्य विभागले अध्यादेशबारे सुझाव दिएको छ ।

सोमबार एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख खगराज अधिकारी नेतृत्वमा गएको टोलीले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश र चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका विषयमा विविध सुझावहरू दिएको हो ।

सो क्रममा मन्त्री त्रिपाठीले विधेयकको मस्यौदा कानुन मन्त्रालयमा पठाइसकिएको बताउँदैं सम्बन्धित मन्त्रालयको पनि ध्यानाकर्षण गराउन सुझाव दिएका थिए । पूर्व स्वास्थ्य मन्त्री समेत रहेको अधिकारीले अध्यादेश तत्काल क्याबिनेट लिने मन्त्री त्रिपाठीलाई सुझाव दिएका थिए ।

एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले दिएका १३ सुझाव

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश बारे
१. गाली गलौज, अपमान तथा सामाजिक संजालमा तथ्यहिन अफवाह फैलाउनेलाई समेत सजायको व्यवस्था हुनुपर्ने ।

२. धेरै ठूलो संयन्त्र बनाँउदा बैठकको निम्ति जुट्नै गाह्रो हुने हुन सक्छ । समितिलाई ९ देखि ११ सदस्यिय बनाउने त्यसमा सम्बन्धित काउन्सिल प्रतिनिधि राख्ने ।

३. समितिमा सरकारी प्रतिनिधिको बहुमत हुनेगरी नेपाल चिकित्सक संघ, नेपाल दन्त चिकित्सक संघ र नेपाल नर्सिङ संघको प्रतिनिधि राख्दा उपयुक्त हुने ।

४. सजाय खण्डमा न्युनतम सजाय मतियारलाई ३ वर्ष र मुख्य दोषीलाई ५ वर्ष सजाय तोक्नु पर्ने ।

५. यो व्यवस्था संगठित संस्थामा कार्यरत स्वास्थ्यकर्मीको हकमा समेत सधैं लागु हुने ।

६. स्वास्थ्य आपतकाल घोषणा भएको वा विपद्‍ सङ्‍कटग्रस्त क्षेत्र घोषणा भएको वा सङ्‍क्रामक रोग निर्मुल वा रोकथाम गर्न आदेश जारी भएको अवस्थामा सजाय दोब्बर हुनुपर्ने ।

७. कसूर गरेमा हुने सजायमा जरिवाना वा कैदको ठाउँमा जरिवाना र कैदको व्यवस्था हुनुपर्ने ।

८. ठाउँ ठाउँमा रहेको ‘स्वास्थ्यकर्मी’ भन्ने शव्दपछि ‘वा स्वास्थ्य सँस्थामा कार्यरत कर्मचारी’ भन्ने शव्दहरु थप्ने ।

चिकित्सक तथा स्वास्थ्यकर्मीको हकमा उपयुक्त स्थानमा निम्नानुसारको व्यवस्था समेत राख्नु पर्ने
९. संक्रामक ऐन सकृय भएको र अन्य संकटकाल लागु भएको अवस्थामा संगठित संस्थामा उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको कर्तव्यपालनको सिलसिलामा ज्यान गएमा कम्तिमा २५ लाखको स्वास्थ्य बीमा

१०. संक्रामक ऐन सकृय भएको र अन्य संकटकाल लागु भएको अवस्थामा उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको सार्वजनिक संस्थामा निःशुल्क स्वास्थ्योपचारको विशेष व्यवस्था

११. एक चिकित्सक/एक स्वास्थ्यकर्मी, एक संस्थाको व्यवस्था

१२. मुख स्वास्थ्यको कार्यक्रम समेत प्राथमिकतामा राख्ने

१३. कार्यबोझ अनुरुप चिकित्सक, दन्त चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी थप गर्ने


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ