२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोभिड-१९ विरुद्धको खोप लगाएकालाई श्री एयरलाइन्सले १० प्रतिशत छुट दिने

कोभिड-१९ विरुद्धको खोप लगाएकालाई श्री एयरलाइन्सले १० प्रतिशत छुट दिने


काठमाडौं-कोभिड-१९ विरुद्धको दुवै डोज खोप लगाएका यात्रुलाई श्री एयरलाइन्सले १० प्रतिशत छुट दिन थालेको छ ।

एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरकाअनुसार शुक्रबारबाट एयरलाइन्सले सरकारको कोभिड-१९ विरुद्धको खोप कार्यक्रमलाई प्रोत्साहन गर्न र उडानलाई सुरक्षित बनाउन छुट दिन थालेको हो ।

यो छुट पाउनका लागि कोभिड-१९ विरुद्ध खोप लगाएको कार्ड अनिवार्य पेश गर्नुपर्नेछ । श्री एयरलाइन्सको जुनसुकै काउन्टरबाट टिकट काटे पनि यो छुट पाउन सकिनेछ ।

श्री एयरलाइन्सले दुईवटा सीआरजे—२००, दुई सीआरजे—७०० र दुई टर्बोप्रोप—क्यु—४०० लगायत ६ वटा जहाजमार्फत आन्तरिक उडान भर्दै आएको छ ।


क्याटेगोरी : अन्य
ट्याग : #१० प्रतिशत छुट, #कोभिड-१९, #खोप, #श्री एयरलाइन्स


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ