२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्ययी हुन् कोभिडका ४ सबैभन्दा संक्रामक र घातक नयाँ भेरियन्ट

यी हुन् कोभिडका ४ सबैभन्दा संक्रामक र घातक नयाँ भेरियन्ट


गत डेढ वर्षदेखि कोभिड-१९ संक्रमणको लहर विश्वमा देखिरहेको छ। कोभिडको दोस्रो लहरमा यसको परिमाण पनि काफी गम्भीर देखियो। स्वास्थ्य विशेषज्ञका अनुसार भाइरसमा भैरहेको म्यूटेशनले वर्तमानमा अझ बढी घातक र संक्रामक बनाउँदै गैरहेको छ।

अहिलेसम्म कोभिडको डेल्टा भेरियन्टलाई वैज्ञानिकहरुले सबैभन्दा संक्रामक मान्दै आएका छन्। यसैबीच हालै आएको केहि नयाँ भेरियन्टले विज्ञहरुको चिन्तालाई अझै गम्भीर गरिदिएको छ।

प्राय सबै रिपोर्टले कोभिडको नयाँ भेरियन्टमा यस्तो रुप परिवर्तनले शरीरमा खोपबाट बनेको प्रतिरक्षा प्रणालीलाई सजिलै छक्याउन सक्ने देखाएको छ। यस्तोमा विश्वभर कोभिडको तेस्रो लहरलाई लिएर बहस चलिरहेको छ। धेरैले यो लहर झनै गम्भीर र यसबाट बालबालिका बढी प्रभावित हुने आंकलन गरेका छन्।

हालै एक रिपोर्टमा वैज्ञानिकहरुले कोभिडको यस्ता भेरियन्टलाई सुचित गरेको छ जुन डेल्टा भन्दा पनि खतरनाक हुने बताइएको छ। वैज्ञानिकहरुलाई डर छ कि यी भेरियन्ट सबैभन्दा बढी संक्रमणको स्थितिमा गम्भीर जटिलताहरु देखिन सक्नेछ।

यी हुन् विज्ञहरुले सुचिकृत गरेको ४ खतरनाक भेरियन्ट :

१. कोभिडको सुपर भेरियन्ट – (कोभिड-22)

स्विट्जरल्याण्डको इटीएच ज्यूरिख युनिभर्सिटीका इम्युनोलोजिस्टहरुले कोरोनाको सुपर भेरियन्ट ‘कोभिड -२२’ को बारेमा मानिसहरुलाई चेतावनी दिएका छन्। वैज्ञानिकहरु भन्छन् कि भेरियन्टको प्रकृति हेर्दा यसको संक्रमणबाट गम्भीर स्वास्थ्य जटिलताहरुको खतरा हुनसक्छ।

यति मात्र हैन। यो भेरियन्टबाट जोगिनका लागि अत्याधिक शक्तिशाली खोपको आवश्यकता पर्न सक्छ। कोभिड-११बाट भविष्यमा हुने सम्भावित खतराबाट बच्नका लागि वैज्ञानिकहरुको मत छ।

२. दक्षिण अफ्रीकी भेरियन्ट (सी.1.2)

हालै  वैज्ञानिकहरुले कोभिडको दक्षिण अफ्रिकी भेरियन्ट C.1.2 को गम्भीरताको बारेमा जानकारी दिएका छन्।  नेशनल इन्स्टिच्युट फर कम्युनिकबल डिजिज (NICD) र क्वाज़ुलु-नेटल रिसर्च इनोभेशन एण्ड क्वाज़ुलु-नेटल रिसर्च इनोवेशन एण्ड स्विक्वेनसिङ्ग प्लेटफर्म (केआरआईएसपी)का अनसन्धानकर्ताका अनुसार सो भेरियन्ट पहिलोपटक मेमा देखिएको थियो।

दक्षिण अफ्रीकाका केहि शहरमा देखिएको केहि समय पछि अन्य देशमा पनि फालिएको पाइएको छ। यो भाइरस पनि कोभिड खोपले कुनै प्रभाव नदेखाउने विज्ञहरुको अनुमान छ।

३.म्यू भेरियन्ट

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आफ्नो साप्ताहिक महामारी बुलेटिनमा कोभिडको नयाँ भेरियन्ट म्यूको बारेमा सुचित गरेको छ। यसलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’को रुपमा वर्गीकृत गरिएको छ यस भेरियन्टले  पनि प्रतिरक्षा प्रणालीलाई मात दिएर मानिसलाई संक्रमित गर्न सक्ने अध्ययनले देखाएको संगठनको भनाइ छ। यसबारे जान्न अझै अध्ययन भैरहेको छ ।

४. लेम्ब्डा भेरियन्ट

कोरोना अध्ययन गर्ने वैज्ञानिकहरुको एउटा टोलीले भर्खरै कोरोनाको लेम्ब्डा भेरियन्टमा सात म्यूटेशन रहेको कुरा उल्लेख गरेका छन्। पहिलो पटक पेरुमा भेटिएको कोरोनाको यो घातक भेरियन्ट अमेरिका र ब्रिटेन लगायत विश्वका धेरै देशहरुमा फैलिएको छ। स्वास्थ्य विशेषज्ञहरु यसलाई कोरोना को डेल्टा भेरियन्ट भन्दा धेरै खतरनाक मानिरहेका छन्।

वैज्ञानिकहरु भन्छन् कि कोरोना को यस प्रकारको भेरियन्टको स्पाइक प्रोटीनमा धेरै उत्परिवर्तन देखिएको छ जसले यसको संक्रमणदर मा उल्लेखनीय वृद्धि गर्दछ। डब्ल्यूएचओ लेम्ब्डा भेरियन्टलाई पनि ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ को रूपमा वर्गीकृत गरेको छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य
ट्याग : #कोभिड, #घातक भेरियन्ट


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ