२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यबेलायतले ‘रातो सूची’बाट नेपाललाई हटायाे

बेलायतले ‘रातो सूची’बाट नेपाललाई हटायाे


काठमाडौँ – बेलायतले यात्रा प्रतिबन्धको रातो सूचीबाट नेपाललाई हटाएको छ। खोपको उपलब्धता बढ्दै गएको र संक्रमण घट्दै गएपछि बेलायत सरकारले सोमबारबाट लागू हुने गरी रातो सूचीबाट हटाएको हो ।

नेपाल सहित केहि राष्ट्रलाई बेलायतले कोभिडका कारण रातो सूचीमा राखेको थियो। र, बेलायत जाने विद्यार्थी र यात्रुले क्वारेन्टाइनका लागि बस्नु पर्ने नियम राखिएको थियो। तर, अब भने सो नियम हटेको छ।

नेपालका लागि ब्रिटिश राजदूतले सामाजिक सञ्जालमार्फत नेपाल रातोसूचीबाट हटेको जानकारी दिएकी छिन् ।


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ