२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यडा. अजयको सल्लाह : रुघाखोकीबाट हुने एलर्जीबाट कसरी बच्ने ?

डा. अजयको सल्लाह : रुघाखोकीबाट हुने एलर्जीबाट कसरी बच्ने ?


आजभोलि रुखाखोकीका बिरामी बढिरहेका छन् । रुघाखोकीका बेला एलर्जीको समस्या ७० प्रतिशत बढ्छ । जब एलर्जी पैसा गर्ने कण (एलर्जेन्स)को सम्पर्कमा आउँछ त शरीरमा हिस्टामाइन रसायन रगतमा जारी गर्छ । जसका कारण हाछ्यु आउनु, आँखामा आँशु आउनु, टाउको दुख्नुजस्ता समस्या हुन्छन् ।

एलर्जीका कारण बन्ने एलर्जेन्स ०.३ माइक्रोनदेखि लिएर ४०० सम्म हुन्छन् । धुलोका कण २० माइक्रोनका हुन्छन् । यस्ता बिरामीको उपचारका क्रममा इम्युनोथेरापी दिइन्छ । केही सावधानी र इम्युनोथेरापनी उक्त एलर्जीलाई सन्चो पार्न सक्छ ।

जयपुरका ईएटी एवं एलर्जी विशेषज्ञ डा. अजय जैनको सल्लाह एलर्जीका यस्ता लक्षण देखिदा सचेत हुनुहोस्

—पटक—पटक हाँछ्यु आउनु

—आँखाबाट पानी निक्लनु

—ओठ, आँखा र जिब्रोमा सुन्निनु

—कानमा चिलाउनु —वान्ता हुनु

—छालामा राता विबिराहरु आउनु

—पेट दुख्नु

—पखाला लाग्नु यसकारण हुन सक्छ एलर्जी

—मौरी वा किराले काट्नु

—केही खानेकुराहरु

—पेनिसिलिन वा एस्पिरिनजस्ता औषधीहरु

—विरुवाको पराग कण

—धुलोका कण धुलोधुँवाबाट हुने

एलर्जीबाट बच्ने तीन तरिका

—सुख्खाको ठाउँमा अलि भिजेको कपडा उपयोग गर्नुहोसः धुलो सफाइका लागि सुख्खा कपडाको ठाउँमा हल्का भिजेको कपडाको उपयोग गर्नुहोस् । यस्तो कपडामा धुलो टासिन्छ ।

—५४ डिग्री तातो पानीमा कपडा धुनुहोस्ः कपडाबाट धुलोका कण हटाउनका लागि कमसेकम ५४ डिग्री तापक्रम भएको पानीमा धुनुपर्छ ।

—एन९५, एफएफपी२ मास्क ०.१ देखि ०.३ माइक्रोन कणलाई पनि फिल्टर गरिदिन्छ । यी कण मानिसको रौभन्दा ७०० गुणासम्म सानो हुन्छन् ।

डाक्टरसँग कहिले परामर्श लिने ?

—यदि केही दिनदेखि आफ्नो नाक चुहिरहेको छ, आँखामा पानी आइरहेको छ वा खोकी जारी छ भने ।

—यदि यी लक्षणका कारण तपाईको निन्द्रा आइरहेको छैन त सजगता अपनाउन जरुरी छ ।

—यदि तपाई साइनस इन्फेक्सन, टाउको दूख्ने, कानमा पीडा र नाकमा संक्रमणजस्ता समस्या देखिएका छन् ।

—एलर्जीसँग जोडिएका लक्षण देखिएमा आफै मनलाग्दी कुनै औषधी सेवन नगर्नुहोस् । डाक्टरको सल्लाह अवश्य लिनुहोस् ।

-दैनिक भास्करबाट


क्याटेगोरी : अन्य, जनस्वास्थ्य, महिला/बाल स्वास्थ्य, सर्ने/नसर्ने रोग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ