२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यमोबाइलको फ्ल्यासलाइट बालेर कोभिड पत्ता लगाउने जापानमा बन्यो स्मार्ट फेस मास्क

मोबाइलको फ्ल्यासलाइट बालेर कोभिड पत्ता लगाउने जापानमा बन्यो स्मार्ट फेस मास्क


जापानको क्योटो प्रिफेक्चरल युनिभर्सिटीका वैज्ञानिकहरूले कोरोना संक्रमण पत्ता लगाउने नयाँ तरिका पत्ता लगाएका छन् । उनीहरुले यस्तो मास्क तयार गरेका छन्, जसले मोबाइलको फ्ल्यासलाइटबाट मास्क लगाउने व्यक्ति कोभिड–१९ बाट संक्रमित भए/नभएको थाहा पाउनेछन् ।

मोबाइलबाहेक यसलाई अल्ट्रा भायोलेट लाइटबाट पनि पत्ता लगाउन सकिन्छ । यसमा विशेष कुरा के छ भने यो मास्कको फिल्टर अस्टरिजको कोषिकाबाट बनाइएको हो।

अनुसन्धानकर्ताहरुका अनुसार मास्कको तहमा फिल्टर राखिएको छ । यसमा फ्लोरोसेन्ट स्प्रे लगाइन्छ। यसमा भाइरससँग बाँध्ने एन्टिबडीहरू हुन्छन्। यदि मास्कमा भाइरस कणहरू छन् भने, फिल्टर यूभी प्रकाशमा चम्कन्छ। यो मास्क स्मार्टफोनको एलईडी लाइटमा पनि चम्किन्छ। यसबाट मानिसहरूले घरमै बसेर आफ्नो कोभिड परीक्षण गर्न सक्छन्।

युनिभर्सिटीको प्रतिवेदनमा वैज्ञानिकहरूले पहिलोपटक पोथी अस्टरिजमा कोरोना भाइरस सुई लगाएको उल्लेख छ । त्यसपछि उनको अण्डाबाट एन्टिबडी निकालेर फ्लोरोसेन्ट स्प्रे तयार गरिएको थियो । अस्टरिजमा पाइने एन्टिबडीहरूले धेरै प्रकारका भाइरस र ब्याक्टेरियाहरू विरुद्ध काम गर्ने वैज्ञानिकहरूको दावी छ।

अनुसन्धानको नेतृत्व गरेका वैज्ञानिक यासुहिरो सुकामोतोले मास्कको परीक्षण मात्र १० दिनमा भएको बताए । प्रयोगमा संलग्न ३२ कोरोना बिरामीको मास्क युभी लाइटमा तीव्र रूपमा चम्कियो। अनुसन्धानको क्रममा बिरामीहरू निको भएपछि मास्कको चमक घट्दै गएको वैज्ञानिकहरूले पत्ता लगाए।

सुकामोटोले भने, ‘एकसय मानिसमा अझै ​​परीक्षण गर्नुपर्ने कुरा छ। ट्रायल सफल भए सरकारबाट स्वीकृति लिइनेछ । स्वीकृति पाएपछि यो मास्क सन् २०२२सम्ममा बजारमा आउन सक्छ ।’

एजेन्सी 


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ