२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यडब्लुएचओले भन्यो, ‘पछि शोक मान्नुभन्दा अहिले पर्व नमनाउनु राम्रो’

डब्लुएचओले भन्यो, ‘पछि शोक मान्नुभन्दा अहिले पर्व नमनाउनु राम्रो’


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले कोभिड-१९को उन्मूलनका लागि क्रिसमस र नयाँ वर्षको उत्सव रद्द गर्न सल्लाह दिएका छन्। उनले जिन्दगी नै रद्द गर्नुभन्दा एउटा कार्यक्रम रद्द गर्नु उपयुक्त हुने भन्दै क्रिसमस र नयाँ वर्षको उत्सव रद्द गर्न सल्लाह दिएका हुन् ।

विश्वमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढ्दै गएको छ । बेलायत, अमेरिकालगायत युरोपका धेरै देशमा अवस्था खराब छ । यो संकट यस्तो समयमा आएको छ। जब सारा विश्व क्रिसमस र नयाँ वर्ष २०२२ मनाउने तयारीमा छ ।

‘पछि शोक मान्नु भन्दा पर्व नमनाउनु राम्रो, यस पटक क्रिसमस र नयाँ वर्ष २०२२ घरमै मनाउनुहोस्,’ गेब्रेयससले भने। यो बाटो पछ्याउँदै धेरै युरोपेली देशहरूले प्रतिबन्ध लगाउन थालेका छन्। नेदरल्याण्डमा कडा लकडाउन लगाइएको छ। कोभिड नियन्त्रणका लागि भैरहेका हालको प्रयासलाई दोब्बर बनाउन संगठनको अपिल छ ।

प्रमुख ग्याब्रियससले पर्व मनाउने क्रममा हुने ओहोरदोहोर र भीडभाडले संक्रमण झन् तीव्र हुन सक्ने बताएका छन् ।

-एजेन्सी


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ