२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यइजरायलमा कोभिड र इन्फ्लुएन्जाको डबल संक्रमण पुष्टि

इजरायलमा कोभिड र इन्फ्लुएन्जाको डबल संक्रमण पुष्टि


कोभिड-१९को ओमिक्रोन भेरियन्टले विश्वभर कहर ल्याएको छ। जसले विश्वलाई पुन: त्रसित बनाएको छ। यसैबीच अब इजरायलमा एउटा नयाँ रोग देखा परेको छ, जसको नाम फ्लोरोना राखिएको छ।

यो कोभिड-१९ र इन्फ्लुएन्जा भाइरसको दोहोरो संक्रमणबाट हुने रोग हो भनिएको छ । इजरायली अखबार येडियोट अहरोनटका अनुसार एक गर्भवती महिलालाई यस हप्ता रबिन मेडिकल सेन्टरमा भर्ना गरिएको थियो। अनुसन्धानपछि उनीमा दोहोरो संक्रमण भेटियो ।

इजरायलको स्वास्थ्य मन्त्रालयले दुई भाइरसको संयोजनले गम्भीर रोग निम्त्याउन सक्छ कि भनेर पत्ता लगाउने प्रयास गरिरहेको छ। अख्तियारले सतर्कता देखाउँदै अस्पतालमा भर्ना भएका बाँकी बिरामीको पनि अनुसन्धान थालेको छ ।

रसिया टुडे (आरटी) वेबसाइटले डाक्टरहरूलाई उद्धृत गर्दै दोहोरो संक्रमणबाट संक्रमित भेटिएकी महिलाको अवस्था अहिले ठीक रहेको र शुक्रबारसम्म डिस्चार्ज हुने जनाएको छ । उनले खोपको एक डोज पनि पाएकी छैनन्।

ध्यान दिनु पर्ने कुरा के छ भने इजरायलमा यतिबेला कोरोना भाइरससँगै इन्फ्लुएन्जा भाइरसले पनि कहर मच्चाएको छ । स्वास्थ्य विभागका अनुसार पछिल्लो एक सातामा रुघाखोकीका एक हजार ८४९ बिरामीको उपचार भइसकेको र अझै बिरामी आउने क्रम जारी छ ।

तर, यसैबीच इजरायलले कोरोनाको ओमिक्रोन भेरियन्टसँग लड्न कोरोना भ्याक्सिनको चौथो डोज पनि दिने तयारी गरिरहेको छ । बुस्टर डोज पहिले नै देशको ७० प्रतिशत जनसंख्यालाई दिइसकेको छ र अब ओमिक्रोनलाई रोक्न, इजरायली सरकार जनतालाई चौथो डोज दिने पक्षमा छ।

-एजेन्सी


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ