२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यअसमानतालाई हटाउन सके कोभिडलाई हराउन सक्ने डब्लुएचओको विश्वास

असमानतालाई हटाउन सके कोभिडलाई हराउन सक्ने डब्लुएचओको विश्वास


कोभिड-१९ विरुद्धको लडाइको तेस्रो वर्ष चलिरहेको छ। सारा विश्व यस महामारीलाई पराजित गर्न लडिरहेको छ। यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले विश्वव्यापी कोभिड-१९ महामारीलाई परास्त गर्ने सूत्र दिएका छन्।

संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले यदि हामीले भैरहेको असामतालाई हरायौं भने यो विश्वव्यापी महामारीलाई हराउन सकिने बताएका छन्। डब्लूएचओका प्रमुख गेब्रेयससले भने, ‘यो महामारीबाट कुनै पनि देश अछुतो छैन। हामीसँग त्यस्ता धेरै हतियारहरू छन् जसको सहायताले हामी यसको रक्षा गर्न र सामना गर्न सक्छौं। यदि हामीले असमानतालाई पराजित गर्यौं भने मलाई विश्वास छ कि हामी यो रोगलाई हराउन सक्छौं।’

कोभिड–१९ ले मानिसको स्वास्थ्यको चिन्ता मात्रै नभएर नियमित खोप, परिवार नियोजनलगायत धेरै कुरामा असर परेको टाड्रोसले बताए । यसले सरुवा र नसर्ने रोगको उपचारमा समेत असर गरेको छ । उनले विश्व स्वास्थ्य सङ्गठनले विश्वमै पहिलोपटक औलोविरुद्धको खोप ल्याएको बताए । यदि यो खोप विश्वभर प्रयोग गरिएमा यसले हरेक वर्ष हजारौंको ज्यान बचाउने जानकारी समेत दिए ।


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ