२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोभिड संक्रमण फेरी विश्वभर तीब्र रुपमा फैलिँदै, अमेरिका-ब्रिटेनमा एकै दिन लाखौंमा कोभिड पुष्टि

कोभिड संक्रमण फेरी विश्वभर तीब्र रुपमा फैलिँदै, अमेरिका-ब्रिटेनमा एकै दिन लाखौंमा कोभिड पुष्टि


अमेरिकामा एकैदिन १० लाखभन्दा बढीमा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। एकै दिन १० लाखभन्दा बढीमा कोभिड-१९ संक्रमण पुष्टि भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले सावधानी अपनाउन सबैलाई अपील गरेका छन्।

हालै त्यहाँका अस्पतालहरु पनि भरिभराउ भएका छन्। यतिसम्म कि आईसियूमा समेत बिरामीले ठाउँ पाइरहेका छैनन् ।

यता, बेलायत, इटाली र फ्रान्समा पनि कोरोनाका रेकर्ड ब्रेकिङ केसहरु आउने क्रम जारी छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा २ लाख संक्रमित भेटिएका छन् । अमेरिकाको अवस्थालाई ध्यानमा राख्दै राष्ट्रपति डो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पनि ह्वाइट हाउसमा कोरोना नियन्त्रणका लागि ठूलो बैठक गरेका थिए ।

ओमिक्रोन भेरियन्ट बेवास्ता गरिएको पनि यस बैठकमा विस्तृत रूपमा छलफल भएको थियो। कोरोनाका बढ्दो केसलाई मध्यनजर गर्दै अमेरिकाले विद्यालय, पार्क, अदालतलगायतका प्रायः सबै सरकारी तथा निजी कार्यालयहरू बन्द गरेको छ ।

कोभिड सुरु भएको ३ वर्ष बितिसक्दा पनि यो क्रम रोकिने नाम लिइरहेको छैन ।

-एजेन्सी


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ