२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यचीनको ‘शून्य कोभिड नीति’ : जवर्जस्ती संक्रमितलाई धातुको बाकसमा कैद गरिँदै (भिडियो)

चीनको ‘शून्य कोभिड नीति’ : जवर्जस्ती संक्रमितलाई धातुको बाकसमा कैद गरिँदै (भिडियो)

गर्भवती, बालबालिका र वृद्ध-वृद्धालाई पनि छोडिएन


चीनले ‘शून्य कोभिड नीति’ अवलम्वन गरेसँगै अहिले चीनियाँ सरकारको आलोचना भैरहेको छ । ‘शून्य कोभिड नीति’को नाममा नागरिकहरुमाथि अत्याचार गरिरहेको भन्दै आलोचना भैरहेको हो ।

चीनको केही भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यहाँ कडा प्रतिबन्धको नाममा नागरिकहरूमाथि कस्तो व्यवहार भइरहेको छ, सो भिडियोहरुमा देख्न सकिन्छ। सामाजिक सञ्जालमा भएका केही भिडियोहरूमा  लाखौं मानिसहरूलाई क्वारेन्टाइन शिविरमा राखिएको देखाइएको छ। धेरै संक्रमित बिरामीहरूलाई धातुको बक्समा कैद गरिएको छ।

गर्भवती महिला, बालबालिका र वृद्धवृद्धालाई पनि यी धातुको बक्समा राखिने गरेको छ । कोभिड संक्रमित भएमा दुई साताका लागि यी बाकसमा कैद गरिएको छ । बाकसभित्र काठको ओछ्यान र शौचालयहरू छन्।

चीनले अर्को महिना विन्टर ओलम्पिक आयोजना गर्ने तयारीमा छ । यसलाई मध्यनजर गर्दै कडाइ गरिएको जानकारी छ ।कुनै क्षेत्रमा एक जना पनि संक्रमित भेटिए पूरै क्षेत्रका मानिसलाई क्वारेन्टाइनमा राखिने बताइएको छ । उनीहरुलाई बसमा भरेर शिविरमा लगिने गरेको छ ।

संक्रमित देखिएपछि धेरै क्षेत्रका मानिसहरूलाई मध्यरातमा घर छाडेर क्वारेन्टाइन शिविरमा जानुपर्ने बताइएको छ । चीनले पनि संक्रमित र उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्न कडा नीति अपनाएको हो ।

यसअन्तर्गत प्रत्येक व्यक्तिको मोबाइलमा ‘ट्र्याक एन्ड ट्रेस’ एप हुनु आवश्यक छ । जसमार्फत कुनै व्यक्तिमा सङ्क्रमण देखिएपछि उसको सम्पर्कमा आएका सबैलाई ट्रेस गरी क्वारेन्टाइनमा पठाइन्छ।

 ट्वीटरमा सोङपियाङ नामका चिनियाँ नागरिकले चीनको कडा कोभिड नीति र नागरिकमाथि हुने दमनको भिडियो शेयर गरेका छन् । उनले भनेका छन्,’ कुनै पनि सहरमा लकडाउन भयो भने मृत्यु निश्चित छ ।’ भिडियोमा  यही डरका कारण केही मानिस सहरबाट भागिरहेको दृष्य देख्न सकिन्छ  ।

यता, चीनको तियान्जिन सहरमा विगतमा ओमिक्रोनको केसहरु देखिएपछि चीनको तियान्जिन सहरमा हलचल मच्चिएको छ । मानिसहरु लकडाउनको डरले त्रसित भएकाले खाद्यान्न किनमेल गरिरहेका छन् ।

चीनमा करिब दुई करोड मानिस कैदमा परेका छन् । उनीहरुलाई खाना र पेय पदार्थ लिन पनि बाहिर निस्कन दिइएको छैन । मिडिया रिपोर्टका अनुसार एक गर्भवती महिलालाई विगतमा अस्पताल जान दिइएन र यसै कारण उनको गर्भपात भएको थियो । यसपछि चीनमा कडा कोभिड नियमलाई लिएर बहस सुरु भएको छ ।

डेली मेलबाट


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ