२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यखोपबाट पैदा हुने प्रतिरोधात्मक क्षमताले संक्रमणको गम्भीरता कम हुने : अध्ययन

खोपबाट पैदा हुने प्रतिरोधात्मक क्षमताले संक्रमणको गम्भीरता कम हुने : अध्ययन


कोभिड-१९ विरुद्ध खोपबाट पैदा हुने रोग प्रतिरोधात्मक क्षमता केही महिनाभित्रै खस्किन सक्ने एक अध्ययनले देखाएको छ। द ल्यान्सेट जर्नलमा प्रकाशित अध्ययनका अनुसार कोभिड खोपले रोग प्रतिरोधात्मक क्षमता केही महिनाभित्रै खस्किन सक्ने तर, कोभिड संक्रमणबाट हुने गम्भीर क्षतिको जोखिम भने निकै कम हुने गर्छ ।

विभिन्न प्रकारका भ्याक्सिनबाट बनेको रोग प्रतिरोधात्मक क्षमताको अवधिमा पनि भिन्नता भेटिएको अनुसन्धानकर्ताहरूको दावी छ।

अध्ययनमा संलग्न प्रमुख अनुसन्धानकर्ता स्वीडेनको उमिए युनिभर्सिटीका प्रोफेसर पोटर नोर्डस्ट्रोमका अनुसार भ्याक्सिनको दोस्रो डोज दिएको सात महिनापछि मात्रै संक्रमणबाट बचाउने रोग प्रतिरोधात्मक क्षमता कम हुन थाल्छ र व्यक्तिमा पुनः संक्रमण हुने जोखिम बढ्छ ।

यद्यपि, खोपको दुबै डोज पछि गम्भीर संक्रमणको जोखिम नगन्य छ, जसले दुवै डोज पाएको व्यक्तिको लागि अस्पतालमा भर्ना हुने वा संक्रमणबाट मृत्यु हुने जोखिमलाई कम गर्दछ।

यो स्वीडेनको राष्ट्रिय स्वास्थ्य र कल्याण बोर्डको डाटामा आधारित राष्ट्रव्यापी अध्ययन भएको नोडस्ट्रोमले बताए । करिब १७ लाख मानिस यसमा संलग्न थिए । यसका साथै चार करोड मानिसको जनसंख्यामा अध्ययनको नतिजा पुष्टि भएको छ । गम्भीर संक्रमणहरू विरुद्धको सुरक्षा दोस्रो डोजको एक महिना पछि चरम हुन्छ, त्यसपछि बिस्तारै घट्दै जाने पनि अध्ययनले देखाएको छ।

अध्ययनको तथ्याङ्कअनुसार फाइजरलाई दिइएको एक डोज पछि संक्रमण रोक्न सक्ने क्षमता लगभग २९ प्रतिशत थियो, जबकी सोही अवधिमा मोडर्नाको दुई डोज पछि ५९% बाँकी रहेको थियो। एस्ट्राजेनेका भ्याक्सिन पाएका मानिसहरूलाई दोस्रो डोजको एक महिनापछि संक्रमण विरुद्ध कुनै सुरक्षा थिएन। दोस्रो डोज पछि गम्भीर रोगको रोकथाम एक महिना पछि ८९ [प्रतिशत र ४ देखि ९ महिनामा ६४ प्रतिशत थियो।

उमिया विश्वविद्यालयका सहायक प्राध्यापक र अध्ययनका सह-लेखक अन्ना नार्डस्ट्रोम भन्छिन्, ‘अध्ययनमा फेला परेको सबैभन्दा सामान्य जानकारी कुन प्रकारको खोप पछि कोभिड विरुद्धको प्रतिरोधात्मक क्षमता कति समयसम्म रहन्छ भन्ने हो।’

यस अध्ययनको नतिजाले प्रभावकारी र लागत-प्रभावी बूस्टर डोज कार्यक्रम विकास गर्न मद्दत गर्नेछ। यसबाहेक, अध्ययनको सबैभन्दा बलियो पक्ष भनेको यो वास्तविक-विश्व डाटामा आधारित रहेकोले परिणामहरू नियन्त्रित वातावरणमा गरिएको प्रयोगद्वारा सीमित छैनन्।


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ