२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यबत्ती बालेर सुत्ने बानी छ ? अध्ययनले देखायो यस्तो खतरा

बत्ती बालेर सुत्ने बानी छ ? अध्ययनले देखायो यस्तो खतरा


राम्रो शारीरिक र मानसिक स्वास्थ्यको लागि राम्रो रातको निन्द्रा आवश्यक रहेको धेरै अध्ययनहरूले पुष्टि गरेको छ । रातमा पर्याप्त निन्द्रा नपुगेकाहरु धेरै गम्भीर स्वास्थ्य समस्याहरूको जोखिममा छन्।

स्वास्थ्य विज्ञहरूका अनुसार पर्याप्त निन्द्रासँगै हामी सुत्ने तरिका र वातावरणमा पनि यसको असर स्वास्थ्यमा देखिएको छ । यदि तपाईको सुत्ने कोठाको वातावरण ठिक छैन भने यसले तपाईको निन्द्रामा बाधा पु-याउने मात्रै होइन, शरीरमा पनि नकारात्मक असर पार्न सक्छ ।

निन्द्राको आवश्यकता र गुणस्तरले स्वास्थ्यमा पार्ने असरबारे अनुसन्धान गरिरहेका वैज्ञानिकहरूको टोलीले यससँग सम्बन्धित ठूलो दाबी गरेको छ । पिएनएस  जर्नलमा प्रकाशित अध्ययनमा शोधकर्ताहरूले भनेका छन् कि यदि तपाईलाई राती बत्ती बालेर सुत्ने बानी छ भने यसले तपाईको स्वास्थ्यलाई हानि पुर्‍याउन सक्छ। सुत्ने क्रममा मध्यम स्तरको प्रकाशले पनि तपाईंलाई बिरामी बनाउन सक्ने र यसले हृदय रोगको जोखिम पनि बढाउँछ।

रातिको उज्यालो पनि तपाईंको लागि हानिकारक हुन सक्छ। आउनुहोस्, सुत्ने बेलामा उज्यालोले स्वास्थ्यमा कस्तो नकारात्मक प्रभाव पार्न सक्छ ?

अमेरिकाको नर्थवेस्टर्न युनिभर्सिटीका शोधकर्ताहरूका अनुसार सुत्ने बेला कोठा अँध्यारो राख्नु स्वास्थ्यका लागि राम्रो विकल्प मानिन्छ। कम उज्यालोले निद्राको समयमा हृदयको कार्यलाई पनि क्षति पु-याउन सक्छ र भोलिपल्ट बिहान इन्सुलिन प्रतिरोध बढाउन सक्छ। यस्तो अवस्थामा यसले मुटु र मधुमेह दुवै रोगलाई बढावा दिन सक्छ। राम्रो निन्द्राको साथसाथै सुत्ने कोठाको वातावरणले तपाईको शारीरिक र मानसिक स्वास्थ्यलाई पनि असर गर्छ ।

रातको समयमा मध्यम प्रकाशको एक्सपोजरले पनि शरीरको गतिविधि बढाउँछ। यो अवस्थाले मुटुको धड्कन, मुटुको संकुचनको दर र रक्तनलीहरूबाट अक्सिजन युक्त रगत बग्ने दरलाई पनि धेरै बढाउँछ। निन्द्राको समयमा शरीर अचेत अवस्थामा भएकोले, यी बढ्दो चालहरूले हृदयको कार्यमा प्रतिकूल प्रभाव पार्न सक्छ।

राती सुत्ने कोठामा हल्का बत्ती बाल्दा पनि मुटु रोगको जोखिम बढ्न सक्छ ।

बत्तीको उज्यालोले स्वास्थ्यमा असर

मुटुसँगै सुत्ने समयमा इन्सुलिनको प्रकाशको प्रभाव पनि देखियो ।  मन्द प्रकाशमा सुत्ने मानिसहरूमा बिहान इन्सुलिन प्रतिरोधी क्षमता बढेको विज्ञहरुले पत्ता लगाए ।  इन्सुलिन प्रतिरोध एक अवस्था हो जसमा मांसपेशी र कलेजो कोषिकाहरुले इन्सुलिनलाई राम्रोसँग प्रतिक्रिया गर्दैनन्। यस अवस्थामा, रगतबाट ग्लुकोज ऊर्जाको लागि सही रूपमा प्रयोग हुँदैन, जसकारण रगतमा चिनीको स्तर बढ्छ। अर्थात्, राति सुत्दा हल्का उज्यालोले पनि मुटु रोग र मधुमेहको जोखिम बढाउन सक्छ।

नर्थवेस्टर्न युनिभर्सिटीको न्यूरोलोजी विभागकी प्राध्यापक डानिएला ग्रिमाल्डी भन्छिन्,  ‘तपाई सुतिरहेको बेला पनि स्वायत्त स्नायु प्रणाली सक्रिय रहन्छ। सामान्यतया दिनको समयमा सामान्य मुटुको धड्कन र राती कम हुनु स्वास्थ्यको लागि राम्रो मानिन्छ, तर सुत्दा यसको वृद्धिले तपाईलाई समस्या निम्त्याउन सक्छ। सबै मानिसले राती सुत्दा कोठाको वातावरण सुत्नको लागि अनुकूल राख्नुपर्छ ।’

अध्ययनको निष्कर्षमा शोधकर्ताहरूले समग्र स्वास्थ्यलाई कायम राख्न राम्रो र निर्बाध निन्द्रा धेरै महत्त्वपूर्ण हुने भएकाले यसलाई कुनै पनि हालतमा बाधा पुर्‍याउन नहुने बताए।

पोषण र व्यायामसँगै निद्रा र दिनमा घामको किरण स्वास्थ्यको लागि महत्त्वपूर्ण छ। राती सुत्दा कोठामा कुनै पनि प्रकारले निन्द्रामा बाधा नआओस् भन्ने वातावरण राख्नुहोस्। विशेषगरी प्रकाशको सन्दर्भमा यस अध्ययनको नतिजालाई ध्यानमा राख्नुपर्छ।

 


क्याटेगोरी : अन्य, जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ