२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यधेरै सुत्ने मानिसमा मुटु रोग तथा स्ट्रोकको जोखिम बढी

धेरै सुत्ने मानिसमा मुटु रोग तथा स्ट्रोकको जोखिम बढी


धेरै समय सुत्ने मानिसमा मुटु रोग तथा स्ट्रोकको जोखिम बढी हुने विभिन्न अध्ययनले देखाएको छ । राष्ट्रिय स्वास्थ्य र पोषण परीक्षा सर्वेक्षण (एनएएचएनइएस) का अन्वेषकहरुले दुवै छोटो समय र लामो समयको निन्द्रालाई कोरोनरी हृदय रोग र स्ट्रोकको उच्च जोखिमसँग जोडेका छन् ।

अध्ययनका अनुसार हरेक रात आठ घण्टाभन्दा बढी निदाउने मानिसहरुमा एनजाइना (कम रक्त प्रवाहको कारण छातीमा दुखाई) हुने सम्भावना दुई गुणा बढी हुने र कोरोनरी हृदय रोगको जोखिम १० प्रतिशत बढी हुन्छ ।

७१ हजारभन्दा बढी मध्यम उमेरका महिलाहरु समावेश गरिएको नर्सहरुको स्वास्थ्य अध्ययनबाट गरेको तथ्यांकको विश्लेषणमा निन्द्राको समय र महिलाको हृदय स्वास्थ्यको बीच पनि सम्बन्ध पत्ता लागेको छ ।

सामारनय आठ घण्टाको निन्द्राको तुलनामा, प्रतिरात नौ देखि ११ घण्टा सुत्ने महिलाहरुलाई कोरोनरी हृदय रोगको सम्भावना ३८ प्रतिशत बढी हुन्छ । त्यस्तै एनएएचएनइएसका अनुसार ६ देखि ८ घण्टासम्म सुत्ने मानिसहरुको तुलानामा आठ घण्टाभन्दा बढी सुत्ने मानिसमा स्ट्रोकको जोखिम ५० प्रतिशतभन्दा बढी थियो ।

आठ घण्टाभन्दा बढी निदाउने र दिनमा पनि निन्द्रा लाग्ने वा झपझप हुने मानिसहरुमा अन्यको तुलनामा स्ट्रोकको जोखिम ९० प्रतिशत बढी भएको अध्ययनले देखाएको हो । धेरै सुत्ने मानिसमा मस्तिस्कको कार्यमा बाधा पुग्ने, स्मरण शक्ति कमजोर हुने, डिप्रेसन, अल्जाइमर तथा डिमेन्सियाको जोखिम बढ्ने, थकान तथा दुखाइ बढ्ने, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, प्रजनन क्षमता कमजोर हुने मोटोपना, मधुमेहलगायतका दीर्घकालीन रोगको जोखिम बढ्नुका साथै मृत्युको जोखिम पनि बढी हुन्छ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ