२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्य‘एक आवाज जुन तपाईंले सुन्न सक्नुहुन्न तर त्यसले तपाईंको जीवन परिवर्तन हुनसक्छ’

‘एक आवाज जुन तपाईंले सुन्न सक्नुहुन्न तर त्यसले तपाईंको जीवन परिवर्तन हुनसक्छ’


विश्व जगतमा मस्तिष्क सर्जरीबारे विभिन्न परीक्षणहरु भइरहेका छन् । मस्तिष्क सर्जरीको लागि न त चिराको आवश्यकता पर्छ न त रगतको । तर, यस सर्जरीले ट्रेमोर, डिप्रेसन तथा विभिन्न कुराबाट गुज्रिरहेका मानिसहरुको जीवन सुधार्न सक्छ । केन्द्रीकृत अल्ट्रासाउण्डको नामले परिचित यो प्रक्रियाले लक्षणहरुसहित मस्तिष्कका केही भागहरुमा उत्पन्न हुने खराब ध्वनी तरंगहरु अवरुद्ध गर्नु नै यसको मूख्य उद्धेश्य हो ।

फोकस्ड अल्ट्रासाउण्ड फाउण्डेसनका अध्यक्ष डा. नील कसेलले यो एक गैरआक्रामक थेराप्युटिक प्रविधि रहेको बताउँदै भने, ‘हामीले बताइसकेका छौँ कि फोकस्ड अल्ट्रासाउण्ड एक यस्तो शक्तिशाली आवाज हो, जुन तपाईंले कहिले सुन्नु हुँदैन् । तर, यो आवाजले कुनै दिन तपाईंको जीवन बचाउन सक्छ ।’

कसेलले यसको तरिकाबारे बताउँदै कुनै समयमा एक म्याग्निफाइड सिसाको मद्धतसँगै प्रकाशको सहायताले जसरी पातमा प्वाल पारिन्थ्यो त्यसरी नै यो प्रविधिले काम गर्ने बताए । फोकस्ड अल्ट्रासाउण्डको प्रयोगमा अप्टिकल लेन्सको साटो ध्वनिक लेन्सको प्रयोग गर्दा यसले भित्रसम्मको कुरा देखाउँदै तथ्यात्मक नतिजा देखाउने कसेलले बताए ।

यो प्रक्रिया विशेषत इसेन्सियल ट्रेमोरको अवस्था भएका व्यष्क्तिहरुका लागि फाइदाजनक मानिन्छ । ट्रेमोर भनेको एक यस्तो न्यूरोलोजिकल रोग हो, जुन लागेको अवस्थामा मानिसको शरीर आफै काँप्ने हुन्छ । यसले पूर्ण शरीरमा असर पार्नसक्ने भएतापनि विशेषतः यसले हातहरुमा बढी असर पार्ने गर्दछ । यो रोग लागेको अवस्थामा मानिसहरुलाई खाने र पिउनेजस्ता कार्य गर्न पनि असहज हुन्छ । इसेन्सियल ट्रेमोर विशेषतः शरीरको एउटा पाटोमा बढी हुने गर्दछ र शरीरको चालसँगै यो बढ्दै पनि जान सक्छ । यो ४० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरुमा देखिनु सामान्य हो । सन् २०२१ मा गरिएको एक अध्ययनले विश्वमा लगभग २५ मिलियन मानिसहरु यस समस्याबाट ग्रसित रहेको जनाएको छ ।

हालसालै युनिभर्सिटी अफ भर्जिनियामा फोकस्ड अल्ट्रासाउण्डबाट उपचार गराएकी ८० वर्षीय बे्रन्डा रिकले पनि ट्रेमोरको अनुभव गरेकी थिइन् । उनको ट्रेमोरको अवस्थाले उनलाई सामाजिक अवस्थामा असहज गराएको उनले सिएनएनलाई बताइन् । उनले आफू हरेक अवस्थामा केही पोखिएला कि या केही ठोक्किएला भन्ने कुराले सधैं डरमा रहेको बताइन् । तर, केवल ४४ सेकेन्डको फोकस्ड अल्ट्रासाउण्डको वेभबाट उनी ट्रेमोरमुक्त भइन् ।

‘मैले मेरो हातलाई हेरें ती काँपिरहेका थिएनन् अनि विगत २० वर्षमा पहिलोपटक मैले आफ्ना औलाहरुलाई स्थिर अवस्थामा देखें,’ उनले भनिन्, ‘मलाई लाग्छ यो साँच्चिकै चमत्कार हो र यसका लागि म भगवानलाई धन्यवाद दिन चाहन्छु ।’

यसले कसरी काम गर्छ ?

फोकस्ड अल्ट्रासाउण्ड कार्यात्मक न्यूरोसर्जरीको एक रुप हो, जसले मस्तिष्कको भित्रसम्म पुगेर त्यहाँ देखिएको खराब अवस्थालाई परिवर्तन गर्ने, पुर्नस्थापना गर्ने तथा ट्युमरलाई पलाउनबाट रोक्नेजस्ता कार्यहरु गर्दछ । यो ह्रिकजस्ता औषधिहरुले काम गर्न छाडिसकेका व्यक्तिहरुका लागि एक वैकल्पिक माध्यम हो ।

‘सरल भाषामा भन्नुपर्दा मस्तिष्कमा उपस्थित असामान्य न्युरोनहरु जसले विभिन्न किसिमका रोग उत्पादन गर्न सक्छन्, तिनलाई त्यहाँबाट निकाल्नु नै यसको मूख्य काम हो,’ कसेलले भने । फोकस्ड अल्ट्रासाउण्ड गर्नुअघि बिरामीको कपाल खौरिइएको हुनुपर्छ । जसले कपालको फोलिकलमा हावा फस्न सक्ने अवस्थालाई न्यूनीकरण गर्दछ । यसपश्चात बिरामीको एमआरआई र सिटी स्क्यान गरिन्छ, जसको मद्धतबाट डाक्टरले मस्तिष्कको बनावट पत्ता लगाएर कहाँ यो आवश्यक छ भन्ने कुरा थाहा पाउन सक्छन् ।

ह्रिकको उपचार गरेका न्यूरोसर्जन इलियास यस पद्धतीको मूख्य व्यक्तित्व हुन् । सन् २०११ मा उनले अमेरिकामा यो पद्धतीको स्विकृती प्राप्त गर्नका लागि क्लिनिकल कोशिस गरेका थिए ।

४ पटकको ११ सेकेन्डको यो उपचार पद्धतिले ह्रिकको ट्रेमोर पूर्ण रुपमा निको भएको छ । सम्पूर्ण पद्धति पूरा गर्न केवल दुई घण्टा लागेको थियो र सबैभन्दा बढी समय उनको मस्तिष्कको अवस्था जाँच्न र कहाँ यो अल्ट्रासाउण्डको आवश्यकता छ भनेर बुझ्न लागेको थियो ।

फाइदा र बेफाइदा

सनीब्रुक हेल्थ साइन्सेस सेन्टर टोरन्टोका वैज्ञानिक तथा सन्नीब्रुक हार्कवेलक सेन्टर फर न्यूरोमोड्युलेसका निर्देशक डा. जिर लिप्सम्यानले औषधिहरुको उपभोग गरेर पनि ट्रेमोरमा कुनै किसिमको भिन्नता नआएका मानिसहरुका लागि यो उपचार पद्धति उपयुक्त रहेको बताए । तर, क्ल्स्ट्रोफोबियाका कारण एमआरआई गर्न नसकिने बिरामीहरुमा यो उपचार गर्न नसकिने डा. नोआ फिलिपले जनाए ।

लिप्सम्यानकाअनुसार यदि तपाईं ट्रेमोरका लागि जिम्मेवार मस्तिष्कको ती भागहरु खतम गर्न चाहनुहुन्छ भने त्यो स्थायी हुनेछ । तर, उपचार गरेको एक वर्षमा बिरामीहरुमा पुनः ट्रेमोर देखिन थाल्छ तर त्यो किन हुन्छ चाहिँ आफूहरुलाई थाहा नपाएको बताए । औषधिको कारण पनि ती दोहोरिन सक्ने उनले बताए । तर, केही बिरामीहरुले अल्ट्रासाउण्ड गरेको पाँच वर्षसम्म पनि फाइदा पाइरहेको इलियासले गरेको सन् २०२२ को अध्ययनले जनाएको छ ।

मस्तिष्कको एमआरआई तथा सिटीलाई पूर्णरुपमा अध्ययन गरेर मात्र ती भागहरु नष्ट गरिनुपर्छ किनकी यदि गलत स्थानमा अल्ट्रासाउण्डको प्रयोग भयो भने बिरामीको सन्तुलन तथा स्थायीत्वमा पूर्णरुपमा असर पार्न सक्छ र यो नै यस उपचारको साइड इफेक्ट हो ।

‘हामीले बिरामीहरूमा सामना गर्ने सबैभन्दा सामान्य जोखिमहरू एक अस्थायी सुन्न वा झनझन हो जुन कहिलेकाहिं उपचार गरिएको हात वा ओठको क्षेत्रमा हुन सक्छ । तर, ती समयसँगै हराउँछन्,’ लिप्सम्यानले बताए ।

‘अन्य सामान्य जोखिमहरूमा प्रक्रियापछि एकको खुट्टामा हल्का अस्थिरता हुने पनि हो । तर, डाक्टरहरूले यो प्रक्रियाको लागि सामान्य एनेस्थेटिक दिने वा बिरामीहरूलाई अस्पतालमा भर्ना गर्ने गर्दैनन्,’ उनले थपे ।

आज, फोकस्ड अल्ट्रासाउण्ड प्रविधि विश्वमा विभिन्न तह तथा क्लिनिकल ट्रायललगायतका कुरामा प्रयोग गरिएको छ । यो १७० भन्दा बढी क्लिनिकल प्रयोजनमा प्रयोग गरिएको छ । न्यूरो डि जेनेरेटिभ डिसअर्डर, ब्रेन ट्युमर, स्तन, फोक्सो, प्रोस्टेट तथा विभिन्न फिल्डको उपचारमा यो पद्धति अपनाइएको छ ।

अल्ट्रासाउण्ड गरिरहेको अवस्थामा वास्तविक दृश्य हेर्न सकिन्छ । तर, रेडियसनको इफेक्टले उपचार गर्दा भने यो देखिँदैन् । तर, यसको इफेक्टहरु देखिन केही हप्ता या महिना लाग्नसक्छ । त्यस्तै, डिप्रेसन र अन्य डिसअर्डरसम्बन्धी उपचार पनि हुने क्रममा छ । ओसिडी तथा डिप्रेसनमा यो अल्ट्रासाउण्ड उपयोगी हुने एक अध्ययनले जनाएको छ । तर, यसका लागि अझै अध्ययन जरुरी रहेको छ ।

फोकस्ड अल्ट्रासाउण्ड हरेक अवस्थामा उपलब्ध छैनन् । तर, विज्ञहरुले यो औषधिलाई गोप्य राख्नु राम्रो रहेको जनाउँछन् । जसको कारणपछि यो एक स्ट्याण्डर्ड उपचार हुनसक्छ ।

कसेल भन्छन् ‘मेरो विचारमा अबको १० वर्षमा फोकस्ड अल्ट्रासाउण्ड मुलधार थेरापी हुनेछ, जसले लाखौँ बिरामीको उपचार गर्दै विश्वभर स्वीकार गरिन्छ ।’

सीएनएनबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ