२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्ययुवा चिकित्सकद्वारा बझाङमा स्वास्थ्य शिविर तथा राहत वितरण

युवा चिकित्सकद्वारा बझाङमा स्वास्थ्य शिविर तथा राहत वितरण


काठमाडौं– बझाङका भूकम्प पीडित पालिकामा निःशुल्क स्वास्थ्य शिविर तथा राहत वितरण कार्यक्रम गरिएको छ । युवा चिकित्सक सङ्घ र राष्ट्रका लागि युवाको सहकार्यमा भूकम्प पीडित विभिन्न पालिकामा निःशुल्क स्वास्थ्य शिविर र राहत वितरण गरिएको हो ।

युवाहरूको समूहले गत मङ्गलवार पहिलो दिन तल्कोट गाउँपालिका १ सुनिकोट गाउँपालिकामा करिब १८६ जनाले निःशुल्क स्वास्थ्य तथा दन्त सेवा दिएको राष्ट्रका लागि युवाका अध्यक्ष डा. निकोलस भुसालले जानकारी दिए । उनका अनुसार सोही ठाउँका ८७ जना विद्यार्थीलाई कपडा र १० वटा घर परिवारलाई राहत वितरण गरिएको थियो ।

दोश्रो दिन मस्टा गाउँपालिका वडा १ मा २०० जनालाई स्वास्थ्य सेवा र राहतमा कपडा र पाल वितरण गरिएको थियो । त्यस्तै छाना खप्तडमा निःशुल्क स्वास्थ्य शिविरबाट ३०० बढीलाई स्वास्थ्य सेवा र राहत वितरण गरिएको जनाए ।

भूकम्प पीडितको सहयोगका लागि काठमाडौं बाट डाक्टर कुन्जङ शे्र्पा, एभरेष्ट गार्मेन्ट, भाटभटेनीबाट, ग्रिन सिटी अस्पताल लगायतले आर्थिक सहयोग गरेका थिए ।

गत असोज १६ गते जिल्लाको तल्कोट गाउँपालिका आसपास केन्द्रबिन्दु बनाएर ६.३ म्याग्नेच्युटको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी १ हजार ३ सय घर पूर्ण क्षति भएका छन् भने ५ हजार घर बस्न नमिल्ने भएका छन् । ८० भन्दा धेरै विद्यालय भवनहरू र ४३ वटा स्वास्थ्य चौकी भत्किएको राष्ट्रका लागि युवाका अध्यक्ष डा. निकोलस भुसालले जानकारी दिए ।

राष्ट्रका लागि युवाको समूहले बझाङ लगायत बैतडी र बाजुरासम्म राहत वितरण तथा शिविर सञ्चालन गर्ने लक्ष्य रहेको बताएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ