२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल प्रहरीलेले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी (सूचनासहित)

नेपाल प्रहरीलेले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी (सूचनासहित)


काठमाडौं– नेपाल प्रहरीले ठूलो संख्यामा स्वास्थ्यकर्मी माग गरेको छ । नेपाल प्रहरीले एक सूचना जारी गर्दै प्रहरी अस्पतालका लागि रिक्त रहेका विभिन्न प्राविधिक पदहरुमा खुल्ला तथा समावेशी प्रावधान अनुरुप स्थायी पदपूर्ति गर्न दरखास्त आव्हान गरिएको हो।

प्रहरीले स्वास्थ्यतर्फ नेपाल प्रहरी अस्पतालका लागि भन्दै २८ जना मेडिकल अफिसर (एमबीबीएस डाक्टर), १३ जना स्टाफ नर्स, ६ जना सीएमए, ५ जना अनमी र ४ जना ल्याब असिस्टेन्ट सहित विभिन्न पदमा गरी कुल ६१ जनाका लागि दरखास्त आव्हान गरेको हो ।

आवेदकले आगामी मंसिर ४ गतेदेखि पुष ८ गतेसम्ममा आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ