२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यइन्दिरा आईभीएफलाई पहिलो तीन आईभीएफ केसहरूमा सफलता

इन्दिरा आईभीएफलाई पहिलो तीन आईभीएफ केसहरूमा सफलता


काठमाडौं—इन्दिरा आईभीएफले तीन दम्पतीहरूको गर्भावस्थाको पुष्टि गर्दै आफ्नो पहिलो तीन इनभिट्रो फर्टिलाइजेसन केसहरूको सफल भएको जनाएको छ । १४ पुसमा बहुराष्ट्रिय कम्पनीको चेनको नेपाल शाखाका रुपमा लाजिम्पाटमा संचालनमा आएको इन्दिराले आफ्ना सुरुवाती तीन वटा आईभिएफ सफल भएको जनाएको हो ।

‘दम्पतीहरूको धैर्य र इन्दिरा आईभीएफका अनुभवी टोलीको समर्पणको उक्त सफलता हात परेको हो,’ इन्दिराले भनेको छ ।

पहिलो केस एक २६ वर्षीया महिला पहिलेदेखि नै रहेको मुटुको समस्या, अन्य स्वास्थ्य समस्याहरू र अघिल्लो गर्भपातको कारण रहेको तीन वर्षदेखिको बाँझोपनको पीडाको सामना गर्दागर्दै पनि सान्त्वना र मार्गदर्शनको खोजीमा इन्दिरा आईभीएफमा आइपुगेकी थिइन् । प्रारम्भिक जाँचमा उनीसँग सामान्य भन्दा कम अण्डाहरू रहेको संकेत स्वरूप एन्टी–मुलेरियन हर्मोन (एएमएच) को स्तर कम देखिएको थियो ।

दोस्रो केसमा, एक ४२ वर्षीया महिलाले रजोनिवृत्ति र एएमएच अति कम स्तरमा पुग्दा सात वर्षदेखि जटिल बाँझोपनसँग संघर्ष गर्दै आएकी थिइन् । आईयुआईको चार चक्र र आईभीएफको एक चक्रको असफल प्रयासपछि उनी सहयोग खोज्दै क्लिनिकमा आइपुगेकी इन्दिराले जनाएको छ । ‘विगतका निराशाहरूको बावजुद उनको मातृत्वको यात्राले इन्दिरा आईभीएफमा पुगेर एक आशाजनक मोड लिएको थियो,’ उसले भनेको छ ।

त्यस्तै, तेस्रो केस ४४ वर्षीया रजोनिवृत्तिमा प्रवेश गरेकी महिलाको थियो, जसमा डिम्बाशय सामान्यभन्दा सानो हुने बाइल्याटरल एट्रोफिक ओभरीको समस्या थियो । केही असफल आईयूआई प्रयासहरू समावेश रहेको उनको मेडिकल हिस्ट्रीअनुसार उनको श्रीमानमा पनि शुक्राणु संख्या कम हुने एजुस्पर्मियाको समस्या थियो । यसले पनि उनीहरूको प्रजनन समस्यामा थप जटिलता थपेको क्लिनिकले उल्लेख गरेको छ । ‘उमेर र अति कम एएमएच स्तरका कारण उनको प्राकृतिक प्रजनन क्षमतामा ह्रास आएको थियो,’ उसले भनेको छ, ‘यी चुनौतीहरूका बावजुद क्लिनिकबाट प्राप्त सहायताले उनीहरूको आशा पनि जीवित रहन पुगेको थियो ।’

वरिष्ठ प्रजनन विशेषज्ञ र इन्दिरा आईभीएफ नेपाल क्लिनिककी प्रमुख डा. नेहा होमागाईको नेतृत्वमा रहेको टोलीले उनीहरुको उपचार गरेको थियो । ‘हामीले तीन वटै केसहरुमा आईभीएफ ग¥यौं । सफल सफल पनि भयौं, केसहरू टिमवर्कका परिणाम हुन् । हामी तीन वटै दम्पतीहरूको खुसीमा साथै छौं,’ डा. हुमागाईले भनिन्, ‘उनीहरूको अभिभावकत्वको सपना पूरा गर्न समर्पित हाम्रो अनुभवी टोलीप्रति मलाई गर्व छ ।’

भारतमा १३० भन्दा बढी केन्द्रहरू सञ्चालन गर्दै आएको इन्दिरा आईभीएफले भारतमा प्रत्येक वर्ष ४०,००० भन्दा ज्यादा प्रभावशाली आईभीएफ प्रक्रियाहरू सञ्चालन गर्ने गरेको जनाएको छ ।

‘अहिलेको गतिशील संसारमा प्रजनन क्षमता धेरै कारकहरूद्वारा प्रभावित हुन सक्छ । जसमा उच्च तनाव, अस्वस्थ जीवनशैली, ढिलो विवाह र थप अन्य कुराहरू छन्, यद्यपि यी चुनौतीहरूको बीचमा बाँझोपनलाई चिकित्सा अवस्थाको रूपमा पहिचान गर्नु महत्वपूर्ण हुन्छ,’ इन्दिरा आईभीएफकी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. मनिषा आचार्यले भनिन्, ‘समयमै समस्याको पहिचान गरी आईभीएफजस्ता सटीक उपचारद्वारा हामी दम्पतीहरूलाई उनीहरूको अभिभावकत्वको सपना साकार पार्ने आशा प्रदान गर्न सक्छौं ।’


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ