२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यॐ हस्पिटलमा ल्यापारोस्कोपिक सर्जरी कार्यशाला सम्पन्न

ॐ हस्पिटलमा ल्यापारोस्कोपिक सर्जरी कार्यशाला सम्पन्न


काठमाडौं—ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा स्त्री तथा प्रसुती विशेषज्ञ चिकित्सकहरुका लागि ल्यापारोस्कोपिक सर्जरी विषयक कार्यशाला सम्पन्न भएको छ ।

स्त्री तथा प्रसुती विशेषज्ञ चिकित्सकहरुको दक्षता अभिवृद्धि गर्ने उदेश्यले नेपाल सोसाइटी अफ अब्सटेट्रिसियन एण्ड गाइनेकोलोजिष्ट (नेसोग) सँगको सहकार्यमा उक्त कार्यशाला आयोजना गरिएको हो ।

कार्यशालालाई सम्बोधन गर्दै ॐ हस्पिटलका मेडिकल निर्देशक डा. हरिश जोशीले उच्चस्तरीय कार्यशाला ॐ हस्पिटलमा गर्ने अवसरका लागि नेसोग परिवार र संलग्न विशेषज्ञहरु प्रति आभार व्यक्त गरे । उनले ॐ हस्पिटलले अत्याधुनिक प्रविधीसहितको उपचारलाई सधैं प्राथमिकतामा राखेको र अस्पतालले प्रविधी पूर्वाधार र जनशक्तिका क्षेत्रमा हरसम्भव साथ दिने प्रतिवद्धता व्यक्त गरे ।

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्रा.डा. जागेश्वर गौतमको अगुवाईमा सञ्चालित कार्यशालामा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञहरु डा. सरिता खाइँजु र डा. रंगिना लाइकाङ्बमले बेसिक ल्यापारोस्कोपिक, ल्याप हिस्टेरेक्टोमी, ल्याप सिस्टेक्टोमीलगायत ल्यापारोस्कोपिक सर्जरीका विविध आयामहरुबारे चर्चा गरेका थिए ।

कार्यशालामा नेपालका विभिन्न अस्पतालहरुमा कार्यरत चिकित्सकहरुको सहभागिता रहेको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ