२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यनयाँ वर्षमा नेपाल नेशनल अस्पतालले निःशुल्क स्वास्थ्य शिविर गर्दै

नयाँ वर्षमा नेपाल नेशनल अस्पतालले निःशुल्क स्वास्थ्य शिविर गर्दै


काठमाडौं—नयाँ वर्ष २०८१ को उपलक्ष्यमा कलंकीस्थित नेपाल नेशनल अस्पतालले एक हप्ता निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । शिविर २ देखि ७ बैशाखसम्म संचालन हुने अस्पतालका व्यवस्थापक समीर शर्माले जानकारी दिए ।

उनकाअनुसार शिविरमा स्त्री तथा प्रसुती सेवा, जनरल मेडिसिन सेवा, हाडजोर्नी र दन्त रोग सेवा संचालन हुनेछन् । सो अवधिमा विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क स्वास्थ्य परीक्षण गर्ने उनले जानकारी दिए ।

साथै, नेपाल नेशनलमा बैशाख महिनाभर मधुमेह तथा उच्च रक्तचापको निःशुल्क परीक्षण गरिनेछ । यसका साथै ल्याब, एक्स—रे र युएसजी परीक्षणमा शिविर अवधिभर २५ प्रतिशत, बिरामी भर्ना र अपरेसन भर्नामा पनि २५ प्रतिशत छुट हुने अस्पतालले जनाएको छ ।

निःशुल्क शिविर बिहान १० देखि साँझ ५ बजेसम्म संचालन हुनेछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ