२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यह्याम्स अस्पताल संवाद श्रृङखला संचालन गर्दै

ह्याम्स अस्पताल संवाद श्रृङखला संचालन गर्दै


काठमाडौं—धुम्बाराहीस्थित हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालले स्वासथ्य क्षेत्रका विभिन्न समस्या र चुनौतीहरुबारे छलफल गर्न संवाद श्रृङख्ला संचालन गर्ने भएको छ । ह्याम्स अस्पतालले वार्षिकोत्सवको अवसर पारेर ३० चैतमा होटल अकामा तीन सत्रमा संवाद श्रृङ्खला—१ आयोजना गर्न लागेको हो ।

‘स्वास्थ्य सबैको सरोकार’ भन्ने नारासहित संचालन हुने संवाद श्रृङखला—१ म जनस्वास्थ्यसँगै प्रत्यक्ष सरोकार राख्ने विभिन्न विषयमा छलफल हुने अस्पतालका अध्यक्ष रामशरण भण्डारीले जानकारी दिए ।

पहिलो सत्रमा ‘भेप/ई–सिगरेटः बढ्दो गम्भीर स्वास्थ्य चुनौती’, दोस्रो सत्र ‘स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन तथा पलायनका चुनौतीहरु’, तेस्रो सत्रमा पहिलो दुई सत्रको सारांशका साथै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको मन्तव्य रहने आयोजकले जनाएको छ ।

संवाद कार्यक्रमबाट छलफलका क्रममा आएका सुझावहरु लिपिबद्ध गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश गरिने अध्यक्ष भण्डारीले बताए । ‘प्रत्येक वर्ष यस्ता संवाद कार्यक्रम नियमित रुपमा संचालन गर्न ह्याम्स कटिबद्ध छ,’ उनले भने ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ