२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यडा. भण्डारीको नेतृत्वमा एकेडेमी अफ जीआई एण्ड एचपीबी सर्जन्स अफ नेपाल गठन

डा. भण्डारीको नेतृत्वमा एकेडेमी अफ जीआई एण्ड एचपीबी सर्जन्स अफ नेपाल गठन


काठमाडौं—त्रिवि शिक्षण अस्पतालमा कलेजो तथा ग्यास्ट्रो सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको नेतृत्वमा एचपीबी सर्जन्स अफ नेपाल (एजीएचएसएन) गठन भएको छ । शुक्रबार भएको एमसीएच/एनएमबीएस गरेका देशका विभिन्न संस्थाहरुमा कार्यरत झण्डै ३५ जना सर्जनहरुको भेलाले डा. भण्डारीको सभापतित्वमा एकेडेमी अफ जीआई एण्ड एचपीबी सर्जन्स अफ नेपाल गठन गरेको हो ।

‘हामीले विशुद्ध अध्ययन र अनुसन्धानसँग केन्द्रीत रहने गरी यो संस्था गठन गरेका हौं,’ डा. भण्डारीले भने, ‘नेपालमा जीआई र एचपीबी शल्यक्रियाको विकास र समृद्धिमा आफ्नो उर्जा समर्पण गरिरहेका नेपालका सबै संस्थामा कार्यरत सर्जनहरु एकेडेमीमा आवद्ध छन् ।’ अध्ययन, अनुसन्धानसँगै अनुभव साटासाटका लागि पनि संस्थाको गठन गरिएको उनले जानकारी दिए ।

तीन वर्ष कार्यकाल रहने गरी गठन भएको एकेडेमीको उपाध्यक्षमा डा. शरद पोखरेल, महासचिवमा डा. नारायण बेलावासे, कोषाध्यक्षमा डा. विष्णु कँडेल, सह—सचिवमा डा. निराजन सुवेदी र डा. निशान्त कोइराला रहेका छन् ।

यसैगरी, सदस्यहरुमा डा. नरेन्द्र पण्डित, डा. नवीन पोखरेल, डा. सुरेन्द्र साह, डा. राजेश मण्डल, डा. कुनाल देव रहेका छन् । एकेडेमीको साइन्टिफिक चेयरमा भने डा. पलेशवान जोशी लाखे रहेकी छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ