२०८१ वैशाख ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यवात्सल्य नेचुरल आईभीएफले एकै महिनामा १२९ दम्पत्तीलाई दियो सन्तान सुख

वात्सल्य नेचुरल आईभीएफले एकै महिनामा १२९ दम्पत्तीलाई दियो सन्तान सुख


काठमाडौं—नेपालको नम्बर वान आईभीएफ वात्सल्य नेचुरलले एक महिना १ सय २९ दम्पत्तीलाई सन्तान सुख दिएको जनाएको छ । आइतबार वात्सल्य नेचुरलले पछिल्लो एक महिनामा १२९ दम्पतिलाई सन्तान सुख दिन सफल भएको एमब्रियोलोजी ल्याब डाइरेक्टर सुरेश यादवले जानकारी दिएका छन् ।

वात्सल्य नेचुरलले आईभीएफ र आईयुआइको माध्यमबाट सन्तान प्राप्तिको सेवा दिदै आएको छ । वात्सल्य नेचुरलमा पछिल्लो तीन महिनामा आईभीएफको औसत सफलता ७०.८८ प्रतिशत रहेको उनले बताए । जबकी विश्वव्यापी रुपमा आईभीएफको औसत सफलता ३० देखि ६० प्रतिशतको आसपास रहेको बताइन्छ ।

पछिल्लो तीन महिनामा वात्सल्य नेचुरलले ३ सय ६८ जना दम्पत्तीलाई सन्तान सुख दिएको यादवले बताए । यादवले लामो समयसम्म प्राकृतिक किसिमले सन्तान प्राप्त नभएमा एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी)को मध्यमबाट सन्तान प्राप्त गर्न सकिने र वात्सल्यले सोही सेवा दिइरहेको बताए ।

एआरटी टेक्नोलोजीलाई सामान्य भाषामा बुझ्दा प्रविधिको माध्यमबाट सन्तान प्राप्तिको बाटो सरल बनाउनु हो भनेर बुझ्न सकिन्छ । यसअन्तर्गत आईयुआई र आईभीएफ प्रविधि अपनाउन सकिन्छ ।

आईयुआईअन्तर्गत महिलामा कुनै गडबडी नभएमा पुरुषको शुक्रकीटलाई वाश गरेर महिलाको गर्भनलीमा हालिन्छ र त्यो विस्तारै विकसित हुँदै जान्छ ।

त्यस्तै, आईभीएफमा पुरुष र महिलाबाट निकालिएको शुक्रकीट र डिम्बलाई राम्ररी छनोट र विकास गरी वाहह्य रुपमा निषेचन गरिन्छ र त्यसलाई महिलाको पाठेघरमा स्थानान्तरण गरिन्छ । यसले गर्दा गर्भनली बन्द भएको वा कुनै प्रजनन अंगमा समस्या भएको महिलाले पनि सन्तान पाउन सक्छन् ।

वात्सल्य नेचुरलले अहिलेसम्म आईयुआई प्रविधिबाट २ हजार र आईभीएफ प्रविधिबाट ४ हजार दम्पत्तीलाई सन्तान सुख दिइसकेको यादवले बताए ।

वात्सल्य नेचुरलका प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले काठमाडौंसहित नेपालगन्ज, पोखरा, चितवन, विराटनगर र बुटवलमा पनि पूर्ण सुविधासहित सेवा विस्तार गर्न लागेको जानकारी दिए । ‘वात्सल्य नेचुरलले निःसन्तान वा गर्भधारण सम्बन्धि कुनै पनि उपचार र सल्लाह सुझाव विशेषज्ञ चिकित्सकबाट उपलब्ध गराउँदैं आएको छ,’ प्रबन्ध निर्देशक सुवेदीले भने ।

वात्सल्यमा आफूहरुले हरेक सेवाग्राहीको अवस्थालाई राम्ररी अध्ययन गरेर त्यहीअनुरुपकै उपचार गर्ने उनले बताए। ‘बिरामीहरुलाई सहज महसुस गराउने, मित्रवत व्यवहार गर्ने र आईभीएफको चक्रको पूर्ण अवस्थामा हरेक सल्लाह उपलब्ध गराउने काममा हामी पूर्ण रुपमा सजग रहन्छौं,’ सुवेदीले भने, ‘त्यसैले हाम्रो सफलता दर पनि उच्च छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ