गृहपृष्ठ ∕ अन्य ∕ मृत अवस्था भेटिइन् स्वास्थ्यकर्मी रोशनी शाही मृत अवस्था भेटिइन् स्वास्थ्यकर्मी रोशनी शाही हेल्थ आवाज आईतबार, २०८२ जेठ ११ गते, १७:५७ मा प्रकाशित काठमाडौं—तत्कालीन सभामुख कृष्णबहादुर महरा विरुद्ध जबरजस्ती करणीमा मुद्दा हालेकी स्वास्थ्यकर्मी रोशनी शाही मृत अवस्थामा भेटिएकी छन् । आइतबार दिउँसो १ बजेर ५० मिनेटमा सुर्यविनायक नगरपालिका—३ बालकोटास्थित डेरामा ५० वर्षीया शाही कोठाभित्रै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनले केही समय संसद सचिवालयमा स्वास्थ्यकर्मीका रुपमा समेत काम गरेकी थिइन् । उनी पेशाले नर्स हुन् । उनका श्रीमान काम विशेषले बाहिर गएका बेला उनी घरमै मृत अवस्थामा भेटिएकी हुन् । प्रहरी वृत्त थिमीका डीएसपी नवराज ढुंगानाका अनुसार ढोका फोडेर हेर्दा उनी भुँइँमा लडेकी थिइन् । त्यसबेलासम्म उनको श्वासप्रश्वास बन्द भइसकेको थियो । अत्याधिक मात्रामा औषधि सेवन गरी मृत्यु भएको अनुमान प्रहरीले गरेको छ । १२ असोज २०७६ को राति तत्कालीन सभामुख कृष्णबहादुर महरा उनी बस्ने तीनकुनेस्थित डेरामा जाँदा झगडा भएको थियो । त्यसक्रममा महराको चस्मा फुटेको थियो । सो घटनापछि उनले महरा विरुद्ध जबरजस्ती करणीको मुद्धा हालेकी थिइन् । जसमा पछि महराले सफाइ पाएका थिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा नयाँदिल्लीको एम्स अस्पतालमा आगलागी १२ वर्षपछि काँचुली फेर्दै सिभिल अस्पताल, क्षमता वृद्धिदेखि सुपरस्पेस्यालिटी सेन्टरसम्म के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा नयाँदिल्लीको एम्स अस्पतालमा आगलागी १२ वर्षपछि काँचुली फेर्दै सिभिल अस्पताल, क्षमता वृद्धिदेखि सुपरस्पेस्यालिटी सेन्टरसम्म के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ