ललितपुर—विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार ‘स्वस्थ मुख, स्वस्थ जीवन’ भन्ने सन्देशलाई केन्द्रमा मुख स्वास्थ्य सम्बन्धि विविध जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरिएको हो ।
सो अवसरमा निकालिएको सचेतनामूलक र्यालीमा विद्यार्थी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। यसका माध्यमबाट मुखको स्वास्थ्य कायम राख्न तथा समस्या देखिनुअघि नै समयमा उपचार सेवा लिन जनचेतना फैलाइएको थियो।
साथै, डेन्टल प्रदर्शनीमार्फत मुख तथा दन्त स्वास्थ्य सम्बन्धी जानकारी प्रदान गरिएको थियो भने कला प्रतियोगिताले बालबालिकाहरूको सिर्जनात्मक प्रतिभालाई उजागर गरेको थियो।
कार्यक्रमलाई थप आकर्षक बनाउन फ्ल्यास मोब, फेस पेन्टिङ, विभिन्न खेलकुद गतिविधिहरू तथा सन्देशमूलक नाटक प्रस्तुत गरिएको थियो ।
विश्व मुख दिवसको अवसर पारेर अस्पतालले विशेष छुट योजनाको घोषणा पनि गरेको छ । जसमा डेन्टल उपचारमा २५ प्रतिशत, अर्थोडोन्टिक्स (दाँत मिलाउने )मा १५ प्रशित छुट दिइने छ । उक्त छुट सुविधा १ चैतदेखि २०८२ देखि ३१ बैशाख २०८३ सम्म लागु हुने अस्पतालले जनाएका छ ।