२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठपालिका स्वास्थ्यसिरहाको कर्जन्हामा कोभिड-१९ अस्पताल स्थापना

सिरहाको कर्जन्हामा कोभिड-१९ अस्पताल स्थापना


धनुषा,माघ ६ गते । सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर ९ मा कोभिड-१९ अस्थायी अस्पताल स्थापना भएको  ]छ । कर्जन्हामा अवस्थित शसस्त्र प्रहरी पोष्टको कार्यालयमा पाँच शैय्याको कोभिड अस्पतालको विधिवत रुपमा गएको  मंगलबार  स्थापना गरिएको हो  ।

जिल्ला समन्वय समिति सिरहाका सभापती रामचन्द्र ठाकुरको प्रमुख आतिथ्य र नगर प्रमुख गंगा पासवानको अध्यक्षतामा अस्पतालको उद्घाटन गरिएको थियो ।

कोभिड विशेष अस्पतालका लागि  आगामी दिनमा अस्पतालको सेवा विस्तार गर्न जिल्ला समन्वय समिति सिरहाबाट गरिने सहयोग निरन्तर रहने प्रमुख अतिथी समेत रहेका सभापति ठाकुरले बताए ।

मानव सेवाको भावनाले स्वास्थकर्मीले सेवाग्राहीको मन जित्ने गरि काम गरेको खण्डमा स्वास्थ्य संस्थाप्रति आम जनसमुदायको सदैव साकारात्मक विश्वास रहने भन्दै कोभिड अस्पतालको स्थापनाले कर्जन्हाबासीको लागि खुसीको खबर रहेको उनले बताए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादव , प्रहरी कार्यालयका डिएसपी राजेन्द्र श्रेष्ठ लगायत नगरपालिकाका जनप्रतिनिधि , कर्मचारी , स्वास्थ्यकर्मी, नगरवासी लगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : पालिका स्वास्थ्य, प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ