२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. सुवासचन्द्र यादवको सल्लाहः मौसम परिवर्तनले देखिने स्वास्थ्य समस्याबाट कसरी बच्ने ?

डा. सुवासचन्द्र यादवको सल्लाहः मौसम परिवर्तनले देखिने स्वास्थ्य समस्याबाट कसरी बच्ने ?


अहिले विश्व नै महामारीका रुपमा फैलिरहेको कोरोना संक्रमणका कारण समस्यामा देखिन्छ । नेपाल पनि यसबाट अछुत रहन भने सकेको छैन । सरकारले सञ्चार माध्यम एवं सम्भावित विभिन्न अभियानहरुद्धारा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । सामाजिक सन्जालका फैलिएको विभिन्न भ्रामिक समाचारहरुको अफवाहमा लागेर यसबाट त्रसित हुने मानिसको संख्या बढ्दो छ ।

प्रकृतिको नियम स्वरुप हाल मौसम परिवर्तनको समय रहेको छ । यसरी एक मौसमबाट अर्काे मौसम परिवर्तन हुने क्रममा बदलिंदो वहावका कारण व्यक्तिमा विभिन्न फ्लुको समस्याहरु देखा पर्ने सम्भावना उच्च रहन्छ । तर, मानिसहरु सामान्य रुघाखोकी तथा भाइरल ज्वरो देखिना साथ, ‘कतै यो कोरोनाको लक्षण त होइन ?’ भन्ने त्रासमा छन् । वीन्टरबाट स्प्रिङ्ग र समरमा प्रवेश गर्ने समयमा हावाको वहावसँगै व्यक्तिमा विभिन्न किसिमका फ्लुजन्य समस्या देखा पर्नु स्वभाविक हो । त्यसकारण यस समयमा देखा पर्ने सबै रुघाखोकी कोरोनाको लक्षण मात्र नभै मौसम परिवर्तनको प्रतिफल हुन सक्छ ।

यो सिजन ‘एयरवर्न डिजिज’ भएकोले यसबेला हावाकै माध्यमबाट व्यक्तिमा विशेषगरी विभिन्न किसिमका सरुवा रोगहरु देखा पर्छ । तसर्थ, यस्ता सरुवा रोगको संक्रमणहरुबाट बच्न पनि व्यक्ति एकदमै चनाखो तथा सतर्क रहनु पर्छ । मौसम परिवर्तनको समयमा देखा पर्ने विभिन्न फ्लुको समस्या देखा नपरोस् भन्नका लागि व्यक्तिले सोहीअनुरुप नै आफ्नो स्वास्थ्यको विशेष हेरचाह गर्नुपर्छ । यसका निम्ति हामीले विशेष रुपमा खानपिन तथा सरसफाइमा ध्यान दिनु पर्दछ । मौसम परिवर्तनको समयमा व्यक्तिमा निम्न समस्याहरु देखा पर्न सक्छन् ।

  • रुघाखोकी
  • भाइरल ज्वरो
  • एलर्जी
  • थकान
  • घाँटीको दुखाइ
  • शरीरको विभिन्न भागहरु दुख्नु ।

बच्ने उपाय

कुनै पनि रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु उत्तम उपाय हो । अझ, अहिले त कोभिड–१९ को भय फैलियसँगै सरकारले अत्यावश्यक अवस्थाबाहेक अन्य समय अस्पताल नजान आग्रह गरिराख्दा यस्तो अवस्थामा हामीले सक्दो मात्रामा आफू स्वस्थ रहने प्रयास गर्नुपर्छ ।

यसका लागि हामीलाई साना तथा सामान्य लाग्ने कुराहरुमा दिएको विशेष ध्यान नै यस्ता समस्याबाट बच्न सकिने उत्तम उपाय हो । तसर्थ हामीले सरल रुपमा अपनाएको सावधानी तथा सतर्कताबाटै यस्ता समस्याहरुबाट टाढा रहन सक्छौ । यसका निमित्त व्यक्तिले निम्न विषयहरुमा विशेष ध्यान दिनुपर्छ ।

  • पौष्टिक आहाराको उच्च प्रयोग गर्ने
  • ताजा तथा स्वस्थ्य खानालाई प्राथमिकता दिने
  • मास्कको प्रयोग गर्ने
  • बाहिरी वस्तु छोएपछि राम्ररी हात धुने
  • हाछ्युँ गर्दा वा खोक्दा कपडा वा कुहिनोले मुख छोप्ने
  • झोलिलो खानाहरु खाइराख्ने ।
  • घरेलु जनावरहरुबाट पनि सकेसम्म टाढै रहने

प्रस्तुतीः सृजना मगर ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ