२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमुड स्विंगले मर्माहत, किन हुन्छ मुड स्विंग?

मुड स्विंगले मर्माहत, किन हुन्छ मुड स्विंग?


पुरुषभन्दा महिलाको मुड क्षणभरमै फेरिन्छ । त्यसैले महिलालाई बढी मुड स्विंगले सताउँछ भन्ने मान्यता छ । महिलालाई मात्र नभई पुरुषलाई पनि मुड स्विंगले सताउन थालेको पाइएको छ ।

मुड स्विंग हुनुमा मानसिकका साथै भावनात्मक कारण पनि रहेको हुन्छ । किन हुन्छ , मुड स्विंग ? यसबारे जानौं ।

के हो मुड स्विंग ?
मानसिक एवं भावनात्मक रुपमा असन्तुलनको स्थिती नै मुड स्विंग हो । आफ्नो भावनामा नियन्त्रण गर्न नसक्दाको अवस्थामा मुड स्विंगको स्थिती उत्पन्न हुन्छ । कहिले एकदम खुशी हुने र कहिले एकदम रुने गर्छन् ।

मुड स्विंगको अवस्थामा के कुराले खुशी दिन्छ र के कुराले बेखुशी गराउँछ व्यक्ति स्वयंले थाहा पाउन सक्दैन् । यो मानसिक तनावको कारणले पनि हो । मुड स्विंगबाट महिला बढी प्रभावित रहँदै आएको पाइएको थियो । महिलाले निजी भावना अरुसँग नबाँड्ने हुँदा यो समस्या महिलालाई बढी रहेको बताइएको थियो ।

तर, अहिले पुरुषपनि पीडित हुने गरेको पाइएको छ । मानसिक दबाबमा रहेर काम गर्नुपर्ने भएकोले पुरुषहरुलाई पनि यो समस्या हुने गरेको चिकित्सकहरुले बताएका छन् ।

के कारणले हुन्छ ?

हर्मोन असन्तुलन
हर्मोनको असन्तुलनले पनि मुड स्विंग हुने गरेको पाइएको छ । पुरुषमा तीन चार महिनामा हर्मोनको असन्तुलन हुने गरेको पाइएको छ । हर्मोन असन्तुलन हुँदा मुड बिग्रन्छ । त्यस्तै, महिलामा पनि हर्मोनको असन्तुलनले गर्दा मुड स्विंगको अवस्था भोग्नु पर्ने हुन्छ ।


अपेक्षाको दबाब

चमकधमकको दुनियाँमा विभिन्न अपेक्षाहरु जागृत हुनु स्वभाविक मानिन्छ । अपेक्षाहरु सम्हाल्न नसक्दा दबाब महसुस हुन्छ । अपेक्षाहरु पूरा गर्न नसक्ने अवस्थामा मानसिक तनाब महसुस हुन्छ । मनमा धक्का लागेको अवस्थामा कुनै कुरा गर्न मन नलाग्ने हुन्छ ।

तनाव
कतिपय पुरुष तनावको व्यवस्थापन गर्न सक्दैनन् । तनावको सहि तरिकाले व्यवस्थापन गर्न नसक्दा मुड खराब हुन्छ । तुरुन्तै मुड परिवर्तन भएको बेला सन्तुलनमा ल्याउन कठिनाई हुन्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ