२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारपरिवार नियोजनको अस्थायी साधन मिश्रित खाने चक्की, यसका ९ असर

परिवार नियोजनको अस्थायी साधन मिश्रित खाने चक्की, यसका ९ असर


भुवन जोशी

पिल्स महिलाहरुले प्रयोग गर्ने परिवार नियोजनको हर्मोनल अस्थायी साधन हो । यसमा ०.३ मिलिग्राम Norgestrol (progesterone) 0.03  माइक्रोग्राम Ethinyl estrodiol (Estrogen) मिसाएर बनाएको हुन्छ ।
यसमा २८ वटा चक्की रहेको हुन्छ । जसमा २१ वटा जयचmयलभ मिसाएको पिल्स चक्की र ७ वटा लौहतत्व ७५ एमजी भएको खैरो रंगको चक्की हुन्छ ।
यो चक्की महिनावारी भएको ५ देखि ७ दिनभित्रमा प्रयोग गर्ने र दिनदिनै नबिराई खाने गर्नु पर्दछ । नेपालमा सुनौलो गुलाफ, निलोकन, मिनि पिल्स आदि नामक पिल्सहरु बजारमा उपलब्ध छन् ।
पिल्सको अति प्रयोग गर्ने महिलामा देखिन सक्ने असर

१. टाउको दुख्ने तथा माइग्रेसनको समस्या

हर्मोनको उचारचढावका कारण टाउको दुख्ने तथा माइग्रेनको समस्या हुन सक्छ । कतिपय पिल्सहरुले शरीरमा एस्ट्रोजनको लेभल घटाइदिन्छ, जसले टाउको दुख्ने समस्या सुरु हुन्छ । यदि तपाईंमा यस्तो समस्या आएको छ भने तत्काल चिकित्सकलाई देखाउनुस् र खाइरहेको पिल्सहरु बदल्नुपर्छ ।

२. लठ्याउन सक्छ

यदि तपाईंलाई पिल्स खाएपछि लठ्ठ पारेको जस्तो महसुस हुन्छ भने बेलुका खाना खाने बेलामा वा सुत्ने बेलाभन्दा पहिले प्रयोग गर्नु उचित हुन्छ । पिल्स खाँदा जहिले पनि एउटै समयमा खानु राम्रो हुन्छ । यसले कम साइडइफेक्ट हुने बताइन्छ ।

३. स्तन सुन्निनु वा कडापन आउनु

पिल्सको प्रयोग गर्ने महिलाको स्तनमा कहिलेकाही सुन्निने तथा कडापन आउन सक्छ । तर यस्तो समस्या केही समयपछि हराएर जानसक्छ । यो हुनुको कारण हर्मोनमा देखिने गडबडी नै हो । यस्तो बेलामा कफी तथा नुनको मात्रा घटाउनु राम्रो हुन्छ । त्यस्तै सपोर्टवाला ब्रा लगाउन राम्रो हुन्छ । तर यदि छाती दुख्छ, श्वास लिन गाह्रो हुन्छ भने तत्काल डाक्टरको सल्लाह लिनुपर्छ ।

४. महिनावारीका बेला असामान्य किसिमले रगत जाने

पिल्स लिएको दुई वा तीन महिनाको बीचमा महिलाको महिनावारीका बेला असामान्य रुपमा रगत बग्छ । हर्मोन बढाउने पिल्स लिदा पाठेघरमा एन्डोमेट्रियलको लाइनिङ कमजोर भई झर्न सक्छ । जसका कारण असामान्य रुपमा रगत बग्न सुरु हुन्छ । तर, तपाईले पिल्स लिइसकेपछि पाँच दिनसम्म तथा सोभन्दा बढी दिनसम्म रगत बगिरहेमा डाक्टरको सल्लाह लिनु पर्छ ।

५. तौल बढ्छ

पिल्सको खाएको हप्ता महिना दिनपछि नै शरीरको तौल बढदै जान्छ । तर, यो वाटर रिटेन्सनको कारणले हुने गर्छ पछि हराएर जान सक्छ । गर्भ रहन नदिनका लागि भन्दै पिल्समा अत्यधिक मात्रामा एस्ट्रोजन राखिएको हुन्छ । जुन तौल बढाउने काम गर्छ । यसले खासगरी महिलको जाँघ, हिप तथा स्तन बढेको देखिन्छ ।

६. योनीमा इन्फेक्सन

बढी पिल्स प्रयोग गर्ने महिलामा योनी दुख्ने पोल्न तथा इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । यो रोग त्यस्ता महिलामा अझ बढी हुन्छ, जो महिलामा मधुमेह छ । चिनी तथा रक्सीको अत्याधिक सेवन गर्नेमा पनि इम्युन सिस्टम कमजोर हुन्छ ।

७. मुडमा परिवर्तन

पिल्सको असर शारीरिक रुपमा मात्रै होइन कहिलेकाही मानसिक रुपमा पनि देखिन्छ । कहिलेकाही डिप्रेसनको बाटोमा समेत लैजान सक्छ । किनकी सिन्थेटिक हार्मोनले मस्तिष्कको नशामा असर गर्छ । यदि तपाईंको घरमा कसैलाई डिप्रेसन छ भने अरुलाई पनि हुनसक्छ । त्यसैले डाक्टरलाई सबै कुरा भन्नुपर्छ ।्

८. आँखाको ज्योतिमा परिवर्तन

त्यो महिला जसले सुरुदेखि नै चश्मा लगाउँछिन्, उनले गर्भनिरोधक चक्की पिल्स खाँदा आँखामा असर पर्न सक्छ । हर्मोनको कारणले आँखाको डिल सुनिन्छ सक्छ । जसले समस्या हुन्छ ।

९. यौन इच्छामा कमी

कतिपय महिलाहरुमा पिल्सको सेवनले यौन इच्छामा समेत कमी देखिन्छ । यो हर्मोन बढाउने चक्की भएकोले टेष्टोस्ट्रोनको उत्पादनलाई रोकी दिन्छ । यसले यौन जीवनमा समेत असर पर्छ । कहिलेकाही सेक्सको समयमा दुखाइ समेत हुन्छ ।

(लेखक जोशी अहेब हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार, जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ