२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकोभिड—१९ र प्रजनन समय

कोभिड—१९ र प्रजनन समय


अहिले सम्पूर्ण विश्व नै कोरोना भाइरस (कोभिड—१९) महामारीबाट ग्रसित भएको अवस्था छ । यसबाट संक्रमण हुने भय दीर्घ रोगका बिरामी एवं पाको उमेरका व्यक्तिहरुलाई त छदैंछ । यससँगै सामान्य आम व्यक्तिहरु पनि यस डरबाट अछुतो रहन सक्ने अवस्था छैन ।

यस समयमा अस्पताल त परै जाओस् सामान्यतयाः घरबाट बाहिर निस्कनु मात्रै पनि जोखिम मोल्नु बराबर हो । तर, नियमित चेक जाँच एवं प्रसुती गर्न आउने महिला तथा अन्य आकस्मिक समस्या देखा परेकाहरुमा भने प्रत्येक महिना वा तोकिएको समयमा अस्पताल जानैपर्ने बाध्यता छ ।

विगतका दिन र हालको अवस्था तुलना गर्ने हो भने ओ.पि.डी.अन्तर्गत सेवा लिने महिलाको संख्यामा केही कमी देखिएता पनि इमर्जेन्सीअन्तर्गत सेवा लिनेको संख्या भने समान गन्तीमा नै रहेको देखिन्छ । कतिपयको चेक जाँच तथा सेवा अनिवार्य नै हुने भएकाले पनि हामीले त्यस्ता महिलालाई अस्पताल आउनबाट रोक्न सक्दैनौं । तसर्थ अस्पताल आउनु जोखिमयुक्त भएता पनि हामीले अपनाएका केही उपायहरुले नै हामीलाई संक्रमणबाट टाढा राख्न मद्धत गर्दछ ।

अस्पताल आउँदा गर्भवती एवं अन्य व्यक्तिले अपनाउनुपर्ने सजगता

सामान्यतयाः हामीले घरबाहिर निस्कनुअघि सुरक्षित रहन अपनाउने केही उपायहरुकै माध्यमबाट हामी अस्पतालमा पनि सुरक्षित रहन सक्दछौं । यसका निमित्त प्रत्येक व्यक्तिले अस्पताल जाँदा मास्क तथा सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने र सामाजिक दूरी कायम राख्नु पर्दछ । अस्पतालमा गर्भवती महिलासँग जाने अन्य सहकर्मी व्यक्तिहरुले पनि सामाजिक दूरी कायम गर्दै भीडभाडबाट टाढै बस्नु पर्दछ ।

यसका साथै गर्भवती महिलामा ज्वरो देखिएको छ, भर्खरै मात्र उनी बाहिरबाट यात्रा गरेर आएको हिस्ट्री छ वा उनी संक्रमितको सम्पर्कमा आएकी छन् भने यसबारे उक्त महिलाले सम्बन्धित चिकित्सकलाई पूर्व जानकारी गराउनु पर्दछ । यसबाट महिला मात्र नभई उपचारमा संलग्न चिकित्सक र नर्सहरु पनि सुरक्षित रहन सक्छन् ।

सकभर अस्पताल जाने अवस्था सिर्जना नहोस् भन्नका लागि आफूमा आइपरेको शारीरिक समस्याबारे फोनको माध्यमबाट नै सम्बन्धित चिकित्सकसँग जानकारी लिन सकिन्छ ।

अस्पतालमा अनावश्यक वस्तुको सम्पर्कमा नआउने वा नछोएर टाढा नै रहने र सकभर अस्पतालमा लामो समय अलमल गरेर नबस्ने ।

अस्पताल गइसकेपछि धेरै व्यक्तिको सम्पर्कमा आउने हुँदा साबुन पानीले हात धोएर सुरक्षित रुपमा मात्रै मास्कमा प्रयोग गर्ने ।

इमर्जेन्सीबाहेक कतिपय गर्भवती महिलाको दिएको मिति नाघेको हुन सक्छ । त्यस्तो अवस्थामा चिकित्सकसँगको सल्लाहमा मात्रै अस्पताल जानुपर्दछ ।


प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ