२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यअल्जाइमरका बिरामी दिनमा सुत्नु घातक

अल्जाइमरका बिरामी दिनमा सुत्नु घातक


अल्जाइमरका बिरामीहरु दिनमा सुत्नु उनीहरुको स्वास्थ्यको निम्ति घातक रहेको एक अनुसन्धानले देखाएको छ । प्रायजसोः अल्जाइमरका बिरामीहरु राती पर्याप्त मात्रामा सुते तापनि दिनमा पनि सुत्ने गर्दछन् । यसबाट उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने अनुसन्धानले जनाएको हो ।

अनुसन्धानअनुसार, अल्जाइमरका बिरामीहरुको यस किसिमको ब्यवहारबाट उनीहरुको भविष्यमा अल्जाइमर र न्युरोडिजेनेरेटिभ (नर्भस हुने)जस्ता समस्याहरु झन बढ्ने गरेको पाइएको छ । तर, एउटा कुरा के आश्चर्य रहेको छ भने यस रोगबाट शिकार भएका बिरामीहरुलाई निन्द्रा नलाग्ने हुँदा वास्तवमै बढी निदाउनुपर्ने हुन्छ ।

पछिल्लो पटक क्यार्लिफोनियाको एम युनिभर्सिटीमा स्यान फ्रान्सिस्को र अन्य सम्बन्धित संस्थाहरुद्वारा गरिएको अध्ययनअनुसार अल्जाइमर रोगका जिवाणुले हाम्रो मस्तिष्कको कोषलाई सखाप पार्दछ । जसकारण यस रोगको बिरामीलाई यसले सुत्न नदिई जगाइ राख्ने काम गर्दछ ।

‘अल्जाइमर र डिमेन्सिया’ सम्बन्धिको एक जनरलमा पनि टाउ नामक प्रोटिन (कोषहरुको आइटोप्लाजममा रहेको संरचना) अत्याधिक मात्रा रहन्छ । र, त्यसले मस्तिष्कले गर्ने कार्यमा अवरोध पु¥याउने कुरा उल्लेख गरिएको छ । ‘अमिलाइल्ड प्रोटिनको तुलनामा टाउ प्रोटिनले मस्तिष्कमा असर पु¥याई यसले बिरामीलाई जगाइ राख्ने काम गर्दछ’, अनुसन्धानकर्ता डा. लि ग्रीनवर्गले बताइन् ।

अध्ययनका निमित्त डा. ग्रीनवर्ग र उनका टिमले न्युरोडिजेनेरेटिभ डिजिज ब्रेन बैंकबाट मृत व्यक्तिहरुको नमुना लिएको थियो । त्यसमध्ये १३ जना ब्यक्तिमा अल्जाइमर भेटिएको थियो । जब कि सामान्य रुपमा मृत्यु भएका व्यक्तिहरुको संख्या जम्मा ७ रहेको थियो ।
टाउ प्रोटिनले एकमात्र नभै मस्तिष्कको सम्पूर्ण न्युक्लियशमा नै प्रत्यक्ष असर पार्ने अनुसन्धानका अर्का मुख्य अनुसन्धानकर्ता जुन ओले बताए ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ