२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ धुम्रपानको जोखिम : मुटु, फोक्सोदेखि प्रजनन क्षमतासम्म

धुम्रपानको जोखिम : मुटु, फोक्सोदेखि प्रजनन क्षमतासम्म


सुर्तीजन्य पदार्थ विश्वभर तीव्र गतिमा बढ्दो धेरै गम्भीर रोगहरूको प्रमुख कारणका रूपमा परिचित छ। विशेषगरी स्वास्थ्य विशेषज्ञहरूले धुम्रपानलाई सबैभन्दा खतरनाक मान्छन्। धुम्रपान संयुक्त राज्य अमेरिकामा वार्षिक ५  लाखभन्दा बढी मृत्युको लागि जिम्मेवार मानिन्छ।

सुर्तीजन्य पदार्थले क्यान्सर, फोक्सोको रोग, मुटु रोग र पक्षघात जस्ता गम्भीर रोग निम्त्याउँछ ।

स्वास्थ्य विज्ञहरूका अनुसार केही दशकयता सुर्तीजन्य पदार्थको उपभोग निकै तीव्र गतिमा बढेको छ। जसलाई रोक्न नितान्त आवश्यक छ । यही खतरालाई मध्यनजर गर्दै हरेक वर्ष मे ३१ तारिखका दिन ‘विश्व धुम्रपान रहित दिवस’ मनाइन्छ, जसको उद्देश्य सुर्तीजन्य पदार्थबाट हुने खतराबारे जनतालाई सचेत गराउनु रहेको छ ।

विज्ञहरूले धुम्रपानलाई प्रमुख स्वास्थ्य जोखिमको रूपमा हेर्छन्। सुर्तीजन्य पदार्थ विशेषगरी धुम्रपानको रुपमा सेवन गर्दा कस्ता प्रकारका गम्भीर स्वास्थ्य जोखिमहरु निम्त्याउन सक्छ ?  जानौं।

कार्डियोभास्कुलर समस्या

धुम्रपानले शरीरमा धेरै किसिमले गम्भीर क्षति पुर्‍याउँछ। हृदयाघातको प्रणालीमा पनि क्षति पुग्ने खतरा हुन्छ। निकोटिनले रक्तनलीहरू साँघुरो बनाउँछ, जसले रक्त प्रवाहलाई असर गर्न सक्छ। यसबाहेक धुम्रपानले रक्तचाप बढाउँछ। रक्तनलीका पर्खालहरू कमजोर बनाउँछ। रगत जम्ने खतरा पनि हुन्छ। धुम्रपानलाई मुटुको स्वास्थ्यका लागि गम्भीर खतराका रूपमा लिइन्छ।

मधुमेहको जोखिम

अन्य व्यक्तिको तुलनामा धुम्रपान गर्नेहरूलाई मधुमेहको जोखिम बढी हुन्छ। धुम्रपानले इन्सुलिनमा पनि असर गर्छ। इन्सुलिन प्रतिरोधको जोखिम बढाउँछ। अर्कोतर्फ, धुम्रपानले पहिले नै मधुमेह भएका व्यक्तिहरूमा धेरै जटिलताहरूको जोखिम बढाउँछ।

फोक्सो रोग समस्या

फोक्सो शरीरको एक अंग हो जुन धुम्रपानबाट प्रत्यक्ष रूपमा प्रभावित हुन्छ। धुम्रपानबाट निस्कने धुवाँले तपाईको फोक्सोमा रहेको वायुको सानो थैली (अल्भिओली)लाई क्षति पुर्‍याउँछ जसले फोक्सोको रोग निम्त्याउन सक्छ। धुम्रपानका कारण हुने फोक्सोको रोगमध्ये (सीओंपिडी) सबैभन्दा सामान्य हो। यति मात्र होइन, फोक्सोको क्यान्सर हुने धेरैजसो केसहरूमा धुम्रपानलाई मुख्य कारण मानिन्छ।

प्रजनन क्षमतामा प्रभाव

धेरै धुम्रपान गर्ने पुरुषको शुक्रकीटमा डीएनए क्षतिको उच्च जोखिम हुने अनुसन्धानले सुझाव दिन्छ । यसले प्रजनन क्षमता पनि कम गर्न सक्छ। साथै, गर्भावस्थाको समयमा धुम्रपानले भ्रुणमा धेरै प्रकारका समस्याहरूको जोखिम पनि बढाउँछ। धुम्रपानको बानी महिला र पुरुष दुवैको प्रजनन क्षमताका लागि निकै हानिकारक मानिन्छ । यसबाट टाढा रहनुहोस्।

-एजेन्सी


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ