२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकिन खिइन्छ दाँत ? दाँतको सुरक्षा कसरी गर्ने ?

किन खिइन्छ दाँत ? दाँतको सुरक्षा कसरी गर्ने ?


हामीलाई सुन्दर देखाउन हाम्रो मुस्कानले निकै ठूलो भूमिका खेलिरहेको हुन्छ । त्यसैले दाँत हाम्रो एक गहना पनि हो । यसका साथै दाँत हाम्रो शरीरको मुखभित्र रहेको सबैभन्दा कडा संरचना हो । दाँतले हामीले खाने खाना चपाउन, पाचन प्रक्रियालाई सहज बनाउन सहज बनाउन र बोलीलाई स्पष्ट पार्ने दाँतले निकै महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।

दाँत खिइदैं, कमजोर हुँदै गयो भने दाँतले हामीले खाने खाना चपाउन सक्दैन् । दाँत खिइएर कमजोर हुँदै बिग्रिन थालेपछि हाँस्दा हाम्रो दाँत नराम्रो देखिने हुन्छ । दाँत खिइने समस्या धेरै जनामा भइरहेको हुन्छ, जसकारण आज भोलि कृत्तिम दाँत लगाउने गरेको पाइन्छ । तर, दाँत बिग्रिसकेपछि त्यसको उपचार गर्नुभन्दा दाँतलाई बिग्रिन नै नदिन दाँतको सुरक्षा गर्नुपर्छ ।

दाँत किन खिइन्छ ?

अमिलो खानेकुराहरु बढी मात्रामा खायौं भने दाँत खिइँदै जाने हुन्छ । सुपारी, गुट्काजस्ता कुरा खाइरहने मानिसहरुमा दाँत खिइने समस्या आउने गर्छ ।

तर, पनि यी पदार्थ नखानेहरुमा पनि दाँत खिइने समस्या हुन सक्छ । जस्तै कुनैमा दाँतको बनावट मिलेको छैन भने दाँत खिइने समस्या हुन्छ । राति सुतेको बेला कतिपयको दाँत किड्ने बानी हुन्छ, त्यसले पनि दाँत खिइन्छ ।

दाँत कसरी कमजोर हुन्छ ?

दाँत हड्डीमा बसेको हुन्छ । वरिपरि गिजाले छोपेको हुन्छ । गिजालाई सुरक्षित राख्न सकिएन भने गिजा सुनिँदै जाने र गिजामा समस्या आउन थाल्छ । त्यसको असर हड्डीमा पर्न जान्छ र हड्डी पनि कमजोर हुन थाल्छ ।

दाँतमा किरा कसरी लाग्छ ?

दाँतमा किरा लाग्नुको मुख्य कारण खानेकुराहरु दाँतमा अड्किएर बस्नु नै हो । दाँतमा अड्किएर बसेका खानेकुराहरु जब दाँतमा नै कुहिन र सड्न थाल्छन्, त्यसबाट हानिकारक ब्यााक्टेरियाहरु बन्न थाल्छन् । त्यसलाई नै हामी किरा लागेको भन्ने गर्दछौं । दाँतमा अड्किएको खाना सफा नगर्ने हो भने दाँतमा किरा लाग्ने गर्दछ ।

दाँतलाई कसरी स्वास्थ्य राख्ने ?

दाँतलाई स्वास्थ राख्नका लागि अति आवश्यक कुरा भनेको दाँतको सरसफाइ हो । सन्तुलित भोजनको सेवन गर्नुपर्छ । विशेषतः बच्चाहरुले चिनीको मात्रा कम भएको खाने कुरा सेवन गर्नुपर्छ । खानेकुराहरु खाएपछि तत्काल कुल्ला गर्ने गर्नुपर्छ । हामीले जुनसुकै खानेकुरा खाएपछि पनि दाँतलाई राम्रोसँग सफा राख्ने हो भने दाँत सुरक्षित राख्न सकिन्छ ।

दिनको दुई पटक फ्लोरिडेटेड टुथपेष्टको प्रयोगले गर्दै दाँत सफा गर्नुपर्छ । दाँतमा किरा लागेको छ भने तुरुन्तै दन्त चिकित्सक कहाँ जानुपर्छ । नमिलेको दाँत छ भने अर्थोडेण्टिस्ट कहाँ उपचार गराउनुपर्छ, जसमा तारको सहायताले नमिलेको दाँत मिलाएर राख्न सकिन्छ । यसो गर्दा पनि दाँत खिइने समस्याबाट बच्न सकिन्छ ।

हामीले बिहान र बेलुका गरी दिनमा २ पटक मात्रै पनि दाँत सफा ग¥यो भने पुग्छ । विहान खाएपछि र बेलुका राति सुत्नुभन्दा पहिले ब्रस गर्नु राम्रो हुन्छ । ब्रस धेरै बेर गरियो भने पनि दाँत खिइने समस्या हुन सक्छ ।

दाँतको आयु कति हुन्छ ?

दाँतको आयु यति नै भन्ने हुँदैन । दाँतलाई राम्रो हेरचाह गर्ने हो भने दाँतको आयु बाँचुन्जेल हुन्छ । हामीले बच्चा बेलादेखि नै दाँतको सफाइमा ध्यान दिने हो भने बाँचुन्जेल दाँतले राम्रो काम गरिरहेको हुन्छ ।

प्रस्तुतिः भूमिका विष्ट


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ