२०८२ पुस ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यजाडोमा कपालको सुरक्षा : प्रा.डा. सविना भट्टराईको सल्लाह

जाडोमा कपालको सुरक्षा : प्रा.डा. सविना भट्टराईको सल्लाह


कपाल हाम्रो सौन्दर्यका साथसाथै स्वस्थ्य जीवनको आधार पनि हो । अस्वस्थ्यकर जीवनशैलीको कारण कपालमा विभिन्न समस्याहरु देखा पर्दछ । यस्तै कहिलेकाहीँ हाम्रो वरपरको वातावरणकै कारण पनि कपालमा समस्याहरु देखा पर्छन् ।

त्यसैले कपालको सुरक्षा गर्नको निमित्त नै भएपनि हामीले सदैव सम्पूर्ण शरीरको साथसाथै बाहिरी वातावरणमा समेत विशेष ध्यान दिनु पर्दछ । जाडोयाममा कपालको सुरक्षा कसरी गर्ने भन्नुभन्दा अगाडि हामीले जाडोमा के कारणले कपालमा विभिन्न समस्याहरु समस्या देखा पर्छन भन्ने कुरा बुझ्नु आवश्यक रहन्छ ।

सामान्यतयाः जाडो मौसममा हावा सुख्खा हुने भएकोले वातावरणीय आद्रताकै कारण कपाल पनि सुख्खा बन्न पुग्छ । जसकारण हाम्रो कपाल खस्रो तथा फुस्रो देखिन पुगी हाँगा पलाउने, चायाँ देखिने तथा कपाल झर्नेजस्ता विभिन्न खाले समस्याहरु देखा पर्दछ ।

तसर्थ जाडोमा देखा पर्ने यस्ता समस्या नदेखियोस् भन्नका निमित्त हामीले जाडोमा आफ्नो कपालको स्याहार सुसारमा उचित ध्यान पु¥याउनु पर्छ । यसका निमित्त हामीले निम्न उपायहरु अपनाउनु पर्दछ :

  • चिसो पानीले कपाल पखाल्ने
  • माइल्ड स्याम्पुको प्रयोग गर्ने
  • घाममा बस्दा कपाल ढाक्ने
  • पानी तथा सुपहरु प्रशस्त मात्रामा खाने
  • ठिक्कको खाना मात्रै खाने
  • कपाल ड्राइ भएमा तेलको प्रयोग गर्ने
  • चाँया भएको ब्यक्तिले तेल नराख्ने
  • हेयर ड्रायर कम गर्ने
  • कपालको प्रकृतिअनुसार कन्डिसनर तथा ट्रिटमेन्टको प्रयोग गर्ने ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ