२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. वासुदेव पाण्डेको सल्लाह : कोरोना भाइरसको संक्रमणबाट यसरी बचौं

डा. वासुदेव पाण्डेको सल्लाह : कोरोना भाइरसको संक्रमणबाट यसरी बचौं


व्यक्तिमा कुनै पनि रोगको संक्रमण गराउन ब्याक्ट्रेरियल भाइरसको महत्वपूर्ण भूमिका रहन्छ । त्यसमध्ये कोरोेना भाइरस पनि एक प्रकारको ब्याक्टे«रियल भाइरस नै हो । यसलाई मिजल्स (दादुरा) टाइपको ‘प्यारामाइक्सो भाइरस’ पनि भनिन्छ । यो सन् २००३ मा चीनमा पहिचान भएकोे भाइरस हो । विभिन्न प्रकारका रहेको यस भाइरसअन्तर्गत पनि ‘सार्स’ कोरोना भाइरसलाई शक्तिशाली भाइरसको रुपमा लिइन्छ । श्वासप्रश्वासको माध्यमबाट यो एकबाट अर्काे व्यक्तिमा सर्छ ।

यस भाइरसबाट संक्रमित भएपश्चात् यसले व्यक्तिमा सबैभन्दा पहिले श्वासप्रश्वास सम्बन्धिको समस्या निम्त्याउँछ । र, कालान्तरमा व्यक्तिमा निमोनियनको विकास संगसंगै कुनै–कुनै व्यक्तिलाई यसले मृत्युको मुखमा पु¥याउन सक्ने सम्भावना समेत रहन्छ ।

जोखिम समूह

चीनको सन्दर्भमा भन्ने हो भने त्यहाँका अधिकांश वृद्ध तथा पाको उमेरको व्यक्ति समूहमा यस भाइरसले बढी संक्रमण गरेको देखिन्छ । यस आधारमा भन्ने हो भने ५०/६० वर्ष उमेर कटेका व्यक्तिहरुमा यस भाइरसको उच्च जोखिम रहेको देखिन्छ । यसबाहेक पाचन प्रणाली शक्ति कम हुने समूह पनि यस भाइरसले आक्रमण गर्न सक्ने सम्भावित समूह हुन् ।

  • शिशु तथा साना उमेरका बालबालिका
  • क्यान्सरका औषधि सेवन गरिराखेका व्यक्ति तथा एचआईभी संक्रमित व्यक्तिहरु
  • वृद्धवृद्धा
  • औषधि सेवन गरिरहेका कमजोर समूह

लक्षण

  • श्वासप्रश्वासमा समस्या देखिनु
  • नाकबाट सिँगान बगिरहनु
  • टाउको दुख्नु
  • खोकी लाग्नु
  • घाँटी दुख्नु
  • ज्वरो आउनु
  • र, आलस्यता ।

कसरी गर्ने पहिचान?

यसको लक्षण सामान्यतयाः अन्य सामान्य रुघाखोकीजस्तै हुने भएकोले हामीले यसलाई सजिलै पहिचान गर्न सक्दैनौ । सामान्य रुघाखोकी सँगसँगै प्रारम्भिक चरणमा भने व्यक्तिमा श्वासप्रश्वास सम्बन्धि समस्या देखा पर्छ । तर, यसरी सामान्य रुघाखोकी तथा श्वासप्रवास सम्बन्धि समस्या देखा परेको भरमा नै हामीले व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको छ भन्न सक्दैनौ । यसका निमित्त हामीले आवश्यक चेक जाँच गर्न जरुरी छ । यसका निमित्त हामीले आशंका गरिएको व्यक्तिको रगत तथा खकार जाँच गर्नुपर्ने हुन्छ ।

बच्ने उपाय तथा उपचार

हामीले नेपालमा हाल भिजिट नेपाल–२०२० वर्ष मनाइरहेको सन्दर्भमा भन्ने हो भने यसका निमित्त सर्वप्रथम सरकारी तहबाट नै यस सम्बन्धि प्रभावकारी कदम चालिनुपर्ने देखिन्छ । यसका लागि चीनको प्रभावित क्षेत्रबाट आएका सम्पूर्ण व्यक्तिहरुमा यसको संक्रमण छ कि छैन भन्ने कुराको परीक्षण गर्न आवश्यक छ ।

यसका साथै यो सरुवा रोग भएकोले परिवारमा कुनै एक व्यक्ति संक्रमित भएको खण्डमा सो बिरामीलाई हामीले परिवारभन्दा अलग राखेर उपचार गर्नुपर्छ । यसै धारणाअनुरुप हामीेले पनि यस भाइरसबाट संक्रमित बिरामीको उपचारका लागि छुट्टै छ वटा बेड र उपचारका निमित्त खटिने चिकित्सककहरुको निम्ति आवश्यक पहिरन तथा सुरक्षाको व्यवस्था गरेका छौं । र, आफू यस भाइरसबाट संक्रमित भएको आशंका लागेमा यसको परीक्षण गराउन सकिन्छ । तर, कुनै पनि बिरामी सो भाइरसबाट संक्रमित हो वा होइन भन्ने कुराको पुष्टि भने ‘नेशनल पब्लिक हेल्थ’ ले मात्रै गर्दछ ।

उपचारको विषयमा भन्नुपर्दा यसको छुट्टै खालको उपचार छैन् । यस भाइरसबाट संक्रमित व्यक्तिले ज्वरो आएको खण्डमा सिटामोलको प्रयोग गरी आराम लिनुपर्छ । यसका साथै व्यक्तिमा श्वासप्रश्वास सम्बन्धि समस्या देखा परेमा व्यक्तिले जुनसुकै अस्पतालमा गएर पनि बिरामीले उपचार गराउन सक्छन् ।

प्रस्तुतीःसृजना मगर 


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ