२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारक्यान्सरको जति छिटो पहिचान त्यत्ति छिटो उपचार : डा. सन्ध्या चापागाँई

क्यान्सरको जति छिटो पहिचान त्यत्ति छिटो उपचार : डा. सन्ध्या चापागाँई


क्यान्सर हाम्रो शरीरमा हुने कुनै पनि कोषिकाहरुको अनियमितता र अराजक भने बुझिन्छ । तथ्यांकको आधारमा भन्नुपर्दा प्रत्येक वर्ष नेपालमा मात्रै २६ हजारको हाराहारीमा नयाँ क्यान्सर रोगीहरु देखिन्छन् । र तीमध्ये १९ हजारको मृत्यु हुने गरेको देखिन्छ । र, सन् २०२० मा मात्र विश्वभर १६. ९ मिलियन क्यान्सरका नयाँ केश देखिने र सोहि वर्ष क्यान्सरबाट मृत्यु हुनेको दर १०. २ मिलियन रहेको अनुमान गरेको छ । यसले क्यान्सर नेपालमा मात्रै नभई विश्वमा नै एक विकराल समस्याको रुपमा देखा परेको कुरा प्रस्ट पार्छ । तसर्थ यसलाई नियन्त्रण गर्न आवश्यक रहेको देखिन्छ । नेपालको सन्दर्भमा देशकै जेठो क्यान्सर विभागको रुपमा वीर अस्पतालले वर्षेनी १२\१३ सय क्यान्सर रोगीलाई उपचार सेवा प्रदान गर्दै आएको छ ।

क्यान्सर किन लाग्छ ?

क्यान्सर किन लाग्छ भन्ने बारे अधिकांशको साझा जिज्ञासाको रुपमा रहेको छ । क्यान्सर कुनै पनि ठोस एकै कारणवश् लाग्छ भन्ने हुदैन । तर, अधिकांश क्यान्सर शरीरको निम्ति निषेधित एवम् हानिकारक भनिएका वस्तुको लामो समयसम्मको प्रयोगका कारण देखा पर्ने गरेको पाइन्छ । तर यसबाहेक क्यान्सर गराउनमा अन्य विभिन्न तत्वहरुले पनि प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । जुन निम्न अनुसार रहेको छः

  • अल्छिपन
  • मोटोपन
  • शारीरिक कसरतको कमी
  •  ब्याक्टेरिया तथा भाइरसको संक्रमण
  • वशांणुगत अवस्था ९७ देखि १० प्रतिशत

अस्पताल तथा जनसंख्या गणनाबाट प्राप्त तथ्यांकको आधारमा भन्ने हो भने नेपालको सन्दर्भमा फोक्सो क्यान्सर महिला र पुरुष दुवैमा देखिने साझा समस्या रुपमा रहेको देखिन्छ । त्यसपश्चात् पाठेघरको मुखको क्यान्सर, घाँटी, मुखको क्यान्सर र डिम्बाशय लगायतका क्यानसरहरु क्रमशः रुपमा रहेको देखिन्छ ।

लक्षण तथा पहिचान

रोगको पहिचान जति छिटो गर्न सक्यो त्यत्ति नै छिटो तथा पुर्ण रुपमा यसको उपचार सम्भव रहन्छ । त्यसकारण पनि हामीले आफुमा देखा परेका विभिन्न शारीरिक परिवर्तन तथा समस्यामा विशेष ध्यान दिन आवश्यक रहन्छ ।
तर, क्यान्सरलाई कसरी पहिचान गर्ने भन्ने विषयमा भन्नुपर्दा सबै क्यान्सरमा एकै किसिमका साझा समस्या देखा पर्छ भन्ने हुदैन । तसर्थ हामीले यसका विभिन्न लक्षणहरुको विषयमा आवश्यक जानकारी हासिल गरिराख्नु पर्छ । तर, केहि यसता लक्षणहरु पनि रहेका छन् । जुन क्यान्सर भएको संकेत स्वरुप हाम्रो शरीरमा देखापर्छः

  •  लगातार खोकि लाग्नु।
  •  आवाजमा परिवर्तन आउनु।
  •  खोकिमा खकार र रगत आउनु ।
  •  लामो समयसम्म घाउ निको नहुनु ।
  •  शरीर आलस्य रहनु।
  •  महिलामा स्तन तथा काखीको भागमा गाँठा-गुठि आउनु।
  •  घाँटीको माथिल्लो भाग तथा शरीरमा नदुख्ने गाठाँ गुठी देखा पर्नु।
  •  कोठी चिलाउनु, आकार बढ्नु र रङ्गमा परिवर्तन आउनु ।

क्यान्सरका विभिन्न लक्षण रहेका हुन्छन् । तसर्थ माथि उल्लेख भएको लक्षण देखा परेमा मात्र क्यान्सर हुन्छ भन्ने हुदैन । यो आफैमा एउटा अब्जसिलो रोग भएकोले यसको निम्ति हामीले विशेष ध्यान र सावधानी अपनाउनु पर्छ । र यसको निम्ति हामीले समय–समयमा आवश्यक शरीरको परीक्षण गराउनु आवश्यक रहन्छ ।

यस्ता छन् बच्ने उपाय

उपचारको विषयमा भन्नुपर्दा ३० देखि ५० प्रतिशत क्यानसर हामीले यसका कारणहरु बाट टाढै रहेर बच्न तथा बचाउन सकिन्छ । यस अर्थमा भन्नुपर्दा क्यान्सर लाग्नबाट बच्न सर्तक रहनु नै यसबाट बच्ने मुख्य प्रभावकारी आधार हो ।
यसका निम्ति व्यक्ति आफै सर्तक रहने कुरा त छदै छ तर, रोग लागिसके पछि भने यसको उपचार गर्नको निम्ति भने सरकारले आवश्यक कदमहरु पनि चाल्नु पर्ने देखिन्छ । सरकारले क्यान्सर मृत्युदर घटाउनको निम्ति यसलाई निति नियममा ल्याउन आवश्यक रहेको देखिन्छ । यसका साथै उपचार गर्ने मेशिन र जनशक्तिको विषयमा पनि आवश्यक ध्यान दिनु जरुरी रहेको छ ।

(डा. चापाँगाई क्यान्सर रोग विभागका सह–प्रध्यापक हुन् । ‘विश्व क्यान्सर रोग’ दिवसको सन्दर्भमा अघिल्लो दिन क्यान्सर रोगको विषयमा ट्रमा सेन्टरमा दिएको उनको अभिव्यक्तिमा आधारित। )

प्रस्तुती : सृजना मगर


क्याटेगोरी : अन्तर्वार्ता / विचार, जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ